इस्लामिक आतंकवादीविरुद्धको लडाइमा यृ्एइकी प्रथम महिला पाइलट लडाकु


प्रकाशित मिति :2015-05-10 15:02:51

एजेन्सी
first-female-uae-fighter-pilot-515298ललितपुर, वैशाख २७ । ३५ वर्षीया मेरियम अली मनसउरी  संयुक्त अरव इमिरेट्समा लडाकु विमानको  पहिलो महिला पाइलट भएकी छन्।  उनले  सन् २००७ मा लडाकु विमानको पाइलट सम्बन्धि विषयमा स्नातक गरेकी थिइन्।  अहिले मेरियमलाई  ‘स्वतन्त्र महिला’ भनेर उपनाम दिईएको छ।,
मेरियम अली मनसउरीलाई यो वर्षको शुरुमा इमिरेट्स सरकारले ‘इमिरेट्सको गौरब’ पुरस्कारबाट सम्मान गरेको थियो।
उनकै नेतृत्वमा इस्लामिक आतकंवादीविरुद्ध लड्न अबुधाबीबाट पाइलट बिमान एफ—१६ डेजर्ट  फाल्कन र अन्य फोर्सहरू सीरिया र इराक अभियानमा हवाइ हमला गर्न उडेका छन्।
अमेरीकाका लागि संयूक्त अरव इमिईरेट्सका यृ्सेफ एवान ओतैबाले मेरियम अली मनसउरी  पुर्णतया सक्षम, अत्यन्त तालिम प्राप्त , सामना गर्न तयार पाईलट भएको र उनले नै आतकंवादीविरुद्धको अभियानलाई नेतृत्व गर्ने  बताएको सण्डे एक्सप्रेसले जनाएको छ।
आफूले विद्यालय सकेपछि नै लडाकृ् विमानको पाइलट बन्ने सोचेको  तर त्यसबेला महिलाका लागी यो कुरा  सभ्मव नभएपछि  १० वर्ष पर्खीनु परेको मेरियमले सीएनएनसँग  कुरा गर्दै भनिन्।
इस्लामिक आतकंवादीविरुद्धको अभियानका क्रममा अमेरीकी टयाङ्का पाइलटले इन्धन भर्नका युएइको मिसनलाई बोलाउने क्रममा मेरियमको आवाज सुनेपछि ती पाइलट आश्चर्यचकित भएको समाचारमा जनाइएको छ।
तस्बिरः सण्डे एक्सप्रेस

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: