ओवामाको सल्लाहकारमा नेपाली छोरी


प्रकाशित मिति :2015-05-11 12:11:26

महिला खवर
Nepaliएजेन्सी वैशाख २८ । अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नेपालकी छोरी सञ्जिता प्रधान नियुक्त भएकी छन् ।
प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति ओवामाको सल्लाहकारमा नियुक्त  भएकी हुन् ।
शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्ये आयोवा राज्य निवासी प्रधानलाई राष्ट्रपति ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन ।
ह्वाइट हाउसद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति ओवामाले भनेका छन्, ‘म मनोनयन गरिएका सल्लाहकारहरूसँग काम गर्न उत्सुक छु ।’
ओवामाको सल्लाहकारमा नियुक्त  भए लगतै प्रधानले भनिन, ‘आउँदो साता मलाई सपथका लागि राजधानी वासिंङ्गटन डिसी बोलाइएको छ । मेरो करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा बढी सक्रिय छु ।’
सन् २०१३ देखि प्रधान आयोवास्थित एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत रहेकी  थिइन् ।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी प्रधान अमेरीका पुगेपछि सामाजिक काम तथा शरणार्थी व्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: