विपतका वेला वेचविखनको जोखिम झन बढी


प्रकाशित मिति :2015-05-11 14:06:07

महिला खवर

ललितपुर, वैशाख २८। विनासकारी भूकम्पपछि सहयोग गर्ने वहानामा महिला वेचविखन हुनसक्ने भन्दै वेचविखनविरुद्ध काम गरिरहेको संस्था शक्ति समूहले यस तर्फ सवैलाई सचेत गराएको छ। समूहले महिला बेचविखनबाट प्रभावित जिल्ला नुवाकोट र सिन्धुपाल्चोक पनि भूकम्पबाट धेरै प्रभावित भएकाले यी जिल्लामा यतिवेला महिला वेचविखन हुनसक्ने जोखिम रहेको भन्दै राहत वितरणका क्रममा यस सम्बन्धि सचेतना कार्यक्रम पनि सँगसँगै गरिएको जनाएको छ। प्रभावित जिल्लाहरुमा राहत र उद्धारका लागि खटिएका अन्य टोलीसँग पनि वेचविखनविरुद्ध सचेतनाका लागि समन्वय गरिरहेको शक्ति समूहले जनाएको छ।

‘बालबालिका, किशोरी तथा महिला सबैभन्दा बढी यस विपत्तिबाट प्रभावित भएको र यसमा पनि अभिभावक गुमाएका बालिका तथा किशोरीहरु अझ बढी जोखिममा रहेका छन् — समूहले भनेको छ।’

समूहले प्रकाशन गरेको जानकारीमूलक पाम्प्लेटमा भनिएको छ—’यस्तो अवस्थामा जो कोहीले सहयोगको आशा देखाई बालबालिका, किशोरकिशोरी तथा महिलालाई आफ्नो फन्दामा पारी उनीहरूमाथि विभिन्न किसिमका हिंसा गर्न सक्ने तथा ललाईफकाई प्रलोभनमा पारेर बेचबिखन समेत गर्न सक्ने जोखिम बढेको छ। यस जटिलतालाई मध्यनजर गर्दै शक्ति समुहले अभिभावक गुमाएका बालिका तथा किशोरीलाई आपतकालिन सुरक्षित आवासको सेवा प्रदान गर्ने जानकारी गराउँदछौं।’
समूहले अभिभावक गुमाएका र सुरक्षित आवासको सेवा आवश्यकता भएका बालिका तथा किशोरीलाई खाने बस्ने व्यवस्था गर्ने जनाएको छ। सहयोगका लागि ९८०३९९६७१९, ०१४४७८११७ नम्बरमा फोन गरेर जानकारी दिन पनि शक्ति समूहले अनुरोध गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: