सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव


प्रकाशित मिति :2015-05-11 14:47:18

महिला खवर

Ranju jhaकाठमाडौँ, वैशाख २८ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले भूकम्पका कारण सुत्केरी महिला र बालबालिकामा  परेको असरमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले भूकम्पबाट प्रभावित सुत्केरी र गर्भवती महिलाको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुझाव दिएको हो ।
समिति सभापति रञ्जुकुमारी झाले सबै स्वास्थ्य संस्थामा कम्तिमा शुद्ध पिउने पानीको व्यवस्था गर्न सुझाव दिनुभयो ।  उहाँले भूकम्पबाट क्षति भएका १४ वटा जिल्ला मात्रभन्दा पनि प्रभावित अन्य जिल्लामा समेत अनुगमन गरी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
भूकम्पपीडितलाई निजी र सरकारी अस्पतालमा निःशुल्क भनिए पनि पैसा लिएर मात्र उपचार गरिएको भन्दै अनुगमन गरी कारबाही गर्न समितिका सदस्यहरूले जोड दिएका थिए । उनीहरूले भूकम्पका कारण विशेष गरी महिला र बालबालिकामा त्रास कायमै रहेको हुँदा मनोवैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याएका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: