सुरुमा कपाल र ढाड जल्याे


हरियो धन जोगाउँदै महिला वन रक्षक

प्रकाशित मिति :2015-05-12 11:34:20

 IMG_2568
सृजना अर्याल/सँगै जिउने सँगै मर्ने कसम खाएर नवलपरासी थमवेंसीकी राममाया र  चितवन आँपटारीका रामबहादुर  थापामगरले भागी विवाह गरे । तर उनीहरुको वैवाहिक जीवनमा चाँडै  तुषारो पर्यो ।
रामबहादुरले २०६८ सालमा पत्नी राममायालाई एक्ल्याए । सँगै उनले दुई छोरीलाई पनि टुहुरो पारेर गए । २०६३ सालमा वैवाहिक जीवन सुरु गरेकी राममायाले विवाह गर्नु अगाडिको कसम तोड्न बाध्य भइन् ।
राममाया रामबहादुरसँगै मर्न सकिनन् । ‘मर्न बरु गाह्रो हुन्न’ भन्ने गीतको पंक्तिजस्तो सहज हुन्न जीवन ।  ढिलोचाँडो सबैले मर्नु त छँदैछ । तर जीवनमा कसम खाएजस्तै दुबैजना सँगै मर्न पनि पाइने रहेनछ । त्यसैले पतिको अनुपस्थिति बेगरको एक्लो जीवन जीउदै छिन उनी । पति गुमाउनुको पीडा यसरी सुनाउछिन् उनी ‘के  गर्नु यति छिटो ऊ मर्छ जस्तो लाग्थेन । ऊ नभएपछि गाह्रो भयो, दुई छोरी सानै छन् ।’
सुकुम्बासी सासु–ससुराको सानो झुप्रोको एउटा कोठामा उनले आफ्नो भन्नु सम्पूर्ण राखेकी छिन् । कोठामा झ्याल छ तर खापा छैन ।
त्यति पनि राख्न नसकेर ब्यानर टागेर झ्याल बन्द गरेकी छिन् । त्यहीँ उनका जुम्ल्याहा जस्ता देखिने छोरीहरुले पढेर ठुलो हुने सपना बुनिरहेका छन् । तीन कक्षामा पढ्दै गरेका ती छोरीहरुको कुनै ठूलो माग छैन । तब न उनले जेनतेन निवार्ह गरेकी छिन् ।
रोजीरोटी कमाउने श्रीमानको मृत्युले विजोग भएको उनको अवस्था, देखाउन नमिल्ने पीडाका घाउहरुमा जलदेवी सामुदायिक वन उपभोक्ता समुहले मलम लगाइ दियो । यो समुहले नै उनको उजाडिएको जीवन हराभरा बनाइदियो ।
उनी तीन वर्ष अघिदेखि सो वन समुहमा जागिरे छिन् । सुरुमा उनलाई सहयोगीको रुपमा छानिएको थियो तर अहिले वन रक्षक भएर सामुदायिक वनको सुरक्षामा खटिँदै छिन् ।
समुह अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार, यो अवसर दिनु पछाडिको पहिलो कारण उनको इमान हो भने दोस्रो वन समूहको समावेसी अभियान । समूहका निम्ति सहयोगीको आवश्कता अनुसार विज्ञापन गरिएको थियो । विज्ञापन अनुसार पाँच जनाले आवेदन गरे पनि राममायालाई एकल महिला भएकै कारण समूहले छानेको थियो ।
समुहले कर्मचारीमा राममायाजस्तै सहारा नपाएका, परिवार चलाउन गाह्रो परेकाहरूलाई प्राथमिकतामा राख्ने गरेको छ । ‘राममायाले राम्रो काम गरिन्’ श्रेष्ठले भने, ‘वन हेरालुमा लगाउँदा कस्तो होला भनेर हामीले समितिमा छलफल गर्यांै जस अनुसार उनले त्यो भूमिका पनि पाएकी हुन् ।’
वनमा दाउरा–घाँस चोर्न प्रायः महिला आउने भएकोले वन रक्षक महिला नै भए उनीहरुलाई सम्झाउन र नमाने नाम्लो, खुर्पा  आदि खोस्न पनि सजिलो हुने भएकोे महिला रक्षक राख्ने सोच समूहले बनाएको थियो । त्यसै अनुरुप उनले अवसर पाएकी थिइँन् ।
राममायाले पनि सहयोगीको भन्दा रक्षकको भूमिका निभाउन पाउदा खुसी लागेको बताउछिन् । वन हेरालुबाट पदोन्नति गरिएकोमा राममायाले अवसर ठानेकी छिन् । सुरुमा उनलाई साह्रै गाह्रो भयो । वनमा लागेको डढेलो निभाउन जाँदा नजानेर कति पल्ट आफ्नै कपाल र ढाड पोलिन् । दाउरा–घाँस चोर्नेसगँ भनाभन पनि भयो । तर अहिले उनलाई न त डढेलो निभाउन गाह्रो लाग्छ न दाउरा–घाँस चोर्नलाई समाउन ।
‘सुरुसुरुमा त आगोले मेरो कपाल र ढाडमा समेत पोल्यो अहिले त धेरै जानिसकेँ’ उनी भन्छिन्, ‘दाइहरु भन्दा म कम छैन, जे जस्तो काम आइपरे पनि गर्छु।’
राममायाले अनुहार प्रफुल्ल पारदै भनिन् ।
जलदेवी सामुदायिक वनमा काम पाएदेखि उनको जीवन सहज बनेको छ । एक छोरीको पढाई खर्च सामुदायिक वनले नै बेहोरेको छ । तर छोरीहरु बढ्दै गएपछि खर्च पनि बढ्दै जाने भएकोले त्यो धान्न सक्दिनँ कि भन्ने चिन्ता उनलाई छ ।
चितवनको  भरतपुर नगरपालिका क्षेत्रभित्र पर्ने यो सामुदायिक वन २०५७ मा स्थापना भएको हो । यसले ४ सय ४८ हेक्टर वन संरक्षण गदै आए पनि १९७.८७ हेक्टर वन यस समूहलाई हस्तान्तरण गरिएको छ ।
२०६७ सालमा यो वन समूहलाई हस्तान्तरण गरिएको थियो । यस वन समूहमा ३ हजार १ सय ६० महिला र २ हजार ८ सय ४० पुरुष उपभोक्ता छन् । हाल यस श्री जलदेवी सामुदायिक वन उपभोक्ता समूहमा दुई महिला सहित ९ जना वन रक्षक सक्रिय छन् जसमा समुहकै पहिलो महिला रक्षक हुन् राममाया ।
जन्मदैमा कसैले केही जानेर आउँदैन अवसर दियो भने जसले जे पनि गर्न सक्छ भन्ने उदारहण बनेकी छिन् राममाया । सरकारले वन संरक्षण तथा वन विकास लगायतका वन क्षेत्रको सम्बद्धन र सुरक्षाका लागि समुदायलाई नै वन क्षेत्र हस्तान्तरण गरेको छ । समुदायलाई हस्तान्तरण गरिएका यस्ता सामुदायिक वनहरुको संरक्षण प्रभावकारीरुपमा भइरहेको छ ।
चितवन जिल्लामा पनि हालसम्म ७६ वटा वन समुदायलाई हस्तान्तरित गरिएकोछ । यस्ता सामुदायिक वनमा महिला उपभोक्ताहरुको भूमिका उल्लेखनीय देखिएको छ ।
सामुदायिक वन उपभोक्ता समुहको समितिमा पदाधिकारी सहित ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने प्रावधान वन विकास मार्गदर्शन २०६५ मा उल्लेख छ  ।  जसका आधारमा उपभोक्ता समूहको कार्य समितिमा महिलाहरुको सहभागिता राम्रै छ ।
तर वन हेरालु (वन रक्षक) हरु जस्ता जिम्मेवारीमा महिला हुनै पर्ने वाध्यता छैन । केही सामुदायिक वनमा महिला वन रक्षक राखेर त हेरौं न भन्ने आधारमा महिला रक्षक राखिने गरेको सामुदायिक वन उपभोक्ता महासंघ चितवनको महासचिव विष्णु सापकोटाले बताइन् ।
‘वन रक्षकको काम जोखिमपूर्ण त छ नै जोखिम भएका काम  महिलाले गर्न नसक्ने भन्ने हुँदैन’ महासचिव सापकोटाले भनिन्, ‘यस्ता भनाइ चिर्न पनि महिलाहरुको यस्ता क्षेत्रहरुमा अवसर दिनुपर्छ ।  हामीसँग महिलाले वनको राम्रो संरक्षण गरेका उदारहण छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: