प्रकाशित मिति :2015-05-12 11:32:10
देविका घर्ती मगर

दाङ, वैशाख २९। परपुरुषसँग ‘अनैतिक’ सम्बन्ध राखेको भन्दै दाङमा एक कमजोर महिलामाथि कालोमोसो दलेर सार्वजनिक घुमाएको आरोप लागेका ६ जनामध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ। वनघुस्री गाउँकी भागीरथी चौधरी (नाम परिवर्तन) लाई सोमबार दिउँसो कालोमोसो दलेर र कपाल खौरिएर बेइज्जतीपूर्वक स्थानीय केही महिलाहरूले घुमाएका थिए।
प्रहरीले कालोमोसो दल्न संलग्न रहेका मुख्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेका जानकारी दिएकाे छ ।
प्रहरीले नियन्त्रणमा लिएका ६ जनामा सतवरीया–२ बनघुस्री बस्ने सीतारामी चौधरी, पानमती चौधरी, हिरामती चौधरी, जानकी चौधरी, अाशा चाैधरी र दिल कुमारी चाैधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयाे ।
‘मुख्य भूमिका निभाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ’ शाहीले भने, ‘प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही अघि बढाउने तयारी गरिसकेकाे छ।’ पीडित महिलालाई यतिबेला प्रहरीले संरक्षणमा राखेको छ। केही वर्षअघि मोरङमा भएको घटनालाई झल्को दिने गरी देउखुरीको वनघुस्रीमा यो अर्को घटना दोहरिएको हो।
वनघुस्री गाउँकी भागीरथी चौधरी (नाम परिवर्तन) गाउँको निर्णय भन्दै सामाजिक रुपमा बहिस्कार गरिएको छ। कमजोर आर्थिक अवस्थाकी भागीरथीलाई गाउँलेले चरित्रमा खोट देखाएर दुःख दिँदै आएको बताइएको छ।घटनाको विषयमा उनका पतिले बुझ्नै पाएका थिएनन्। उनका पति ज्याला मजदुरी गर्दै आएका छन्। तर, बाटोमा ती महिलामाथि अमानवीय व्यवहार भैरहेदा नजिकै रहेको प्रहरी भने मुखदर्शक बनिरह्यो।
गाउँका महिलाले ती महिलाको कपाल काटीदिएका छन्। मुखैभरि कालोमोसो दलिदिएका छन्। भित्री वस्त्र (पेटिकोट)मा मात्र दगुरिरहेकी ती महिलालाई जुत्ताको माला लिएर केहीले लखेटिरहेका छन्। गाउँकै महिलाहरूले पत्नीलाई अमानवीय व्यवहार गरेपछि उनका पति चिन्तित छन्।
गाउँलेहरुले छिमेकी पुरुषसँग ‘अनैतिक’ सम्बन्ध रहेको आरोप ती महिलालाई लगाएका छन्। सोही आरोपमा उनीहरूले अमानवीय व्यवहार गरेका हुन्। ती महिलासँग यौनसम्बन्ध रहेको भनिएका व्यक्तिले सामाजिक हिंसा सहन नसकेर केही समय अगाडि आत्महत्या गरेका छन्।
गाउँलेहरूले आत्महत्या गर्नुको पछाडि भगिरथीकै हात रहेको आरोप लगाएका छन्। ती व्यक्तिले आत्महत्या गरेपछि भगिरथीलाई त्यसको क्षतिपूर्ति पनि तिर्नुपर्ने निर्णय स्थानीय महिलाहरूले गरेका छन। स्थानीय महिलाहरूले पहिला नै २५ हजार तिर्नुपर्ने निर्णय गरे पनि फेरि उनीहरूले भरगरथीलाई जरिवाना बढाएर पचास हजार पुराएको गाउँका अगुवा शालिकराम चौधरीले बताए।
प्रकाशित मितिः २०७२ वैशाख २९ गते मङ्गलवार
Like this:
Like Loading...
Comment Here!