रुकुम,वैशाख ३० । विनाशकारी भूकम्पबाट पुर्ण घर क्षति भएका रुकुमका २९ परिवारलाई राहात वितरण गरिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी श्रीमती संघले जिल्लाका अतिविपन्न ५ पीडित परिवारलाई नगद् र अन्य परिवारलाई खाद्यान्न सामग्री राहत स्वरुप वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुममा आयोजित एक कार्यक्रममा भूकम्पले बढि क्षति परिवारलाई छनौट गरी राहत वितरण गरिएको छ । अतिविपन्न ५ परिवारलाई भने खाद्यान्न सामाग्री सहित नगद ८-८ हजार रुपैया प्रदान गरिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी श्रीमती संघकी अध्यक्ष कबिता अधिकारीले राहत वितरण गर्नुभएको थियो ।
Comment Here!