९३ वर्षीया महिलाद्वारा अस्पताललाई १० लाख सहयोग


प्रकाशित मिति :2015-05-14 11:41:32

कास्की, वैशाख ३० । समाजसेवी बालकुमारी कुँवरले पोखराको फिस्टेल अस्पतालमा अक्षयकोष स्थापनाका लागि १० लाख रुपैया सहयोग गर्नुभएको छ ।पोखरा बाराही चोककी ९३ वर्षीया बाल कुमारी कुँवरले बाल कुमारी कुँवर (गीता) एवं धन कुँवर अक्षयकोष स्थापना गर्नु भएको हो ।

कुँवरले उक्त रकम अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. प्रदिप घिमिरेलाई हस्तान्तरण  गर्नुभयो । न्यून आय भएका विरामीलाई सहयोग गर्न अक्षयकोष स्थापना गरीएको कुँवर परिवारले जनाएको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजमार्फत विरामीलाई निःशुल्क औषधी वितरण गरिने छ ।

अस्पतालले वार्षिक रुपमा आयोजना गर्ने स्वास्थ्य शिविरमा आएका विरामीलाई निःशुल्क औषधी वितरण गरिने अध्यक्ष डा. घिमिरेले बताउनु भयो । साथै उहाँले बालकुमारीको नाममा स्थापना भएको कोषको रकम गरीबको हितकालागि मात्र खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वरिष्ठ डाक्टर वसन्त ताम्राकारले गरिव तथा असहाय व्यक्तिलाई लक्षित गरी अक्षयकोष स्थापना गरिनु निकै सह्रानिय भएको बताउनुभयो । बालकुमारीकाका कान्छा छोरा हिक्मत कुँवरले बाँच र बाँच्न देऊ भन्ने आमाको चाहानालाई पुरा गर्न आफूहरुले यो अक्षयकोष स्थापना गरिएको  बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: