कास्की, वैशाख ३० । १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्ला निचुरा गाविस—७ घर भई हाल पोखरा—२० भलाम बस्ने वर्ष ३४ का ईम्तियाज मिया चुरीहारलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार रजौरेका अनुसार ईम्तियाजले ती युवतीलाई शनिबार साँझको समयमा पोखरा—२० भलामस्थित मकैबारीमा जवरजस्ती करणी गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
चुरीहारलाई जवरजस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रवक्ता डिसपि रजौरेले जानकारी दिनुभयो ।
Comment Here!