भुइँचालोले होइन खराब पूर्वाधारले मानिसलाई मार्छ


प्रकाशित मिति :2015-05-14 11:53:02

IMG_0938

ललितपुर, वैशाख ३० । महाभूकम्पको १७ औं दिनमा आएको अर्को भूकम्पले आफ्नो घर फर्किसकेका महिला, बालबालिका र सर्वसाधारणको फेरि त्रिपालमुनि बास भएको छ। दोस्रो भुइँचालोले उनीहरुलाई यति अत्याएको छ कि फेरि घर फर्कन समय लाग्नेछ।
प्रायः सबैका घर चर्किएका छन्। ललितपुरको लुभू क्षेत्रका सर्वसाधारणले बुधबार दिउँसो पनि असुरक्षित किसिमले खेतबारीमा त्रिपाल टाँगेर बसेका छन्। कुनै बेला यो सुन्दर सांस्कृतिक वस्ती यहाँका पुराना घर र कलाकौशल हेर्न पर्यटकले समेत रुचाउँथे। अहिले भने यहाँ भग्नावशेषमात्र देखिन्छ।


‘जनजीवन सामान्य भइसकेको थियो, सबै आफ्नो घर फर्किसकेका थिए’ आफ्नो घर भत्किएर खेतमा त्रिपालमा बास गरिरहेका लुभूको कुनेढोकासीका गंगाराम श्रेष्ठले भने, ‘हिजो बिहानको झट्काले सबै सिध्यायो। अब कोही पनि घर फर्कन चाहँदैनन्।’
स¬ाना नानीहरु भने भग्नावशेषमा खेलिरहेका भेटिन्छन्। सर्वसाधारण भने कुनै पनि बेला घर भत्केला भनी डरले दौडिरहेका देखिन्छन्। आफ्नो घर दोस्रो धक्काले पूरै भत्काएपछि उनीहरु त्यहाँ बस्न छाडेका छन्। दिउँसो आसपासमा पुग्दा पनि आफ्नै घरदेखि उनीहरु डराउँछन्।


कुनै कुनै कोठामा भने गएर सामान निकाल्न डर लागेको गंगारामले बताए। अहिले पनि उनको घरको भत्किएको गाह्रोतिरका ओच्छ्यानहरु बाहिरबाट त्यतिकै देखिन्छन्।भूकम्पको दोस्रो ठूलो धक्काले पनि राजधानीका विभिन्न स्थानमा रहेका पक्की घरसमेत ढलेका छन् भने लुभुजस्ता वस्तीहरुमा रहेका कमजोर घरहरुलाई सजिलै ढलेका छन्। धेरैले यी घरहरुबाट सामान निकालेका पनि थिए।


यस्तो बेलामा साना नानीहरुको अवस्था भने टिठलाग्दो किसिमको छ। पीडाको यो घडीमा पनि उनीहरु हाँसिरहेका देखिन्छन्।
पहिलो भूकम्पले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको र दोस्रोमा समेत ६० भन्दा बढीको ज्यान लिएको छ। ललितपुर जिल्लामा मात्र १ सय ८० को भुइँचालोबाट मृत्यु भएको छ।
भुइँचालोजस्तो प्राकृतिक विपत्तिको अनुभव कमै रहेको अहिलेको पुस्ताका निम्ति यो कति क्रूर हुने रहेछ भन्ने अनुभव भएको छ। बरु युद्ध वा अन्य प्रकोपका बेला कुनै एउटा ठाउँका मानिस सुरक्षित हुन्छन्। तर भुइँचालोले सबैको जीवन असुरक्षित बनाइदिने रहेछ भन्ने अनुभव भएको छ।


त्यसमा पनि महिला र बालबालिकाको अवस्था भूकम्पले अत्यन्तै दयनीय बनाइदिन्छ। उनीहरु भन्ने बित्तिकै कुनै ठाउँमा दौडिन र जसरी पनि बस्न सक्दैनन्। त्यसै गरी वरिष्ठ नागरिकहरुको अवस्था पनि उत्तिकै संकटपूर्ण देखिने रहेछ।
राजधानी काठमाडौं र यसको आसपासका क्षेत्रमा समेत भूकम्पको खतरालाई ध्यानमा राखेर पूर्वाधार र घर निर्माण नभएका हुनाले त्यसैबाट उनीहरुको जीवन खतरामा परेको छ। भुइँचालोले मानिसलाई मार्दैन बरु खराब पूर्वाधारले मार्छ भन्ने यथार्थ अहिले लुभुबासीहरुले अनुभव गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: