भुकम्प पीडित महिलालाई सिलाई कटाई तालिम


प्रकाशित मिति :2015-05-14 11:54:31

 
 5
काठमाडौ ,वैशाख  ३० । ललितपुरकी ललिता के सी ले तरकारी बेच्ने काम थालेको धेरै वर्ष भयो । वैशाख १२ गते केसी सधै जस्तो तरकारी बेच्न घरबाट निस्केकी थिईन । शनिवार तरकारीकोे राम्रै माँग हुन्थ्यो ।
एक्कासी जमिन बेसरी हल्लीयो । पसलमा राखीएका सबै वस्तु हल्लीन थाले । उनलाई के भयो भन्ने थाहा भएन । एक छिन पछि वरीपरीका घरहरु भत्कीएर ढल्न थाले ।
चारै तिर कोलाहल मच्चीयो । कोई मान्छे रुने, कराउन गर्न थाले । ,कोई खुल्ला चौर र सुरक्षित स्थान तर्फ दौडि रहेका थिए । भुकम्प आएको थाहा भएपछि उनीहरु ज्यान बचाउन भागेका थिए । ललिताले पनि भागेर ज्यान बचाइन । त्यस दिन छिन छिनमा पराकम्पन आइरहेकाले घरमा जाने आँटै गरीनन । दोस्रो दिन पनि त्रासले घर गइनन ।
तेस्रो दिन भूकम्प आउन कम भएपछि उनी घर तर्फ लागीन ।  घर पुरै भत्कीएको थियो । घर भित्रका लत्ता कपडा, अन्नपात ,अरु माल समान सबै नष्ट भएका  थिए । घरनै नरहे पछि उनको परिवार विस्थापित भयो ।
भुकम्प गए देखि उनी टुडिखेलमा पाल मुनि दुख कष्टका साथ दिन रात गुजारा गरिरहेकी छिन । विदेशी सस्स्थाले राहत बाँडे पनि नेपाल सरकारले भने भुकम्प पिडितहरुका लागी केहि गर्न नसकेको गुनासो उनको छ ।
विदेशीहरुले भुकम्प गए देखि सहयोग गरी रहेका छन तर हाम्रो सरकारले भने एउटा चाउचाउ सम्म दिएको छैन, उनले भनिन । हामीलाई त सरकारनै नभए जस्तो लाग्दैछ ।
अहिले के सी टुडिखेलमै सिलाई कटाई तालिम लिइरहेकी छन । उनले तालिम सिक्न लागेको दुई दिन भयो । तालिम सीकेर कपडा सिलाउने पसल राख्ने उनको उदेश्य छ ।
अर्की भुकम्प पिडित ललितपुरकै रेश्मा के सी भुकम्प जाँदा बारीमा काम गरी रहेकी थिईन । उनलाई रीँगाडा लागे जस्तै भयो । थरथर जमिन काप्न लाग्यो । घरहरु ढलेको आवाज निसक्दा हेलिकप्टर आए जस्तै लाग्यो रे उनलाई ।
भुकम्प आएको भन्ने थाहा पाए पछि ज्यान बचाउन त सफल भईन तर घर भने बचाउन सकिनन  । रेश्मा पनि परिवार सँगै टुडिखेलमै पाल मुनी बस्दै आएकी छन । साथमा कपडा सीलाउने तालीम पनि सिकी रहेकी छन ।
रेश्माले केही महिना अगाडी टेलरमा अलिकति च्यातिएको कपडा सीलाउन जाँदा पनि १५० रुपया तिरेको कुरा सम्झदै भनिन, सिलाई कटाई तालीम सीकेर अरु न भए पनि आफनै परीवारको मात्रै कपडा सीलाउन पाए पनि धेरै पैसाको बचत हुन्थ्यो ।
यसले आँफुलाई स्वरोजगार बन्न सहयोग पुग्ने पनि उनले बताईन । तालिम लिईसकेपछि सहज रुपमा थोरै लगानीमा व्यवसाय सञ्चालन गरी उद्यमी बन्न सकिने भएकाले ताीलम लिई रहेको उनको धारणा छ ।
ललिता र रेश्मा मात्र होईन अहिले काठमाडौंको टुडिखेलमा पाल टाँगेर बसी रहेका प्राय भुकम्प पिडित महिलाले सिलाई कटाई तालिम लिइरहेका छन् । एक गैर सरकारी सँस्थाले आयोजना गरेको सिलाई कटाई तालिममा करीब ५९ जना भुकम्प पिडित महिला सहभागी भएको तालिम प्रशिक्षक लक्ष्मी कुमारी राईले जानकारी दिनुभयो ।
तालिममा सहभागी महिलाले बिहान दस बजे देखी बेलुका चार बजे सम्म एक एक घण्टाका दरले तालिम लि रहेको उहाले बताउनुभयो । पहिलेनै सिलाई कटाई तालिम सिकेका महिलाले भने तालिम लिन नपाउने व्यवस्था छ ।
तालिमले समाजमा रहेका पुराना मान्यतालाई चिर्ने बिश्वास प्रशिक्षक राईले राख्नुभयो । राम्रो आम्दानीको स्रोतको रुपमा परिचय बनाउदै आएको सिलाई कडाई व्यवसायले भुकम्प पिडित महिलालाई आत्मनिर्भर हुन सहयोग पुरयाउने उदेश्यले राखेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार छौँ । आफू जलेर आफ्ना चाहाना, खुशीहरुलाई

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: