अस्पतालमा विरामीको चाप बढ्दै, सुत्केरी महिलामा मानसिक चिन्ता


प्रकाशित मिति :2015-05-14 13:22:02

लमजुङ,वैशाख ३१। मङ्गलवार गएको भूकम्पले लमजुङ जिल्ला सामुदायिक अस्पताल बेशीसहरमा विरामीको चाप बढेकोे छ। हाल अस्पतालमा दैनिक २ देखि ३ सय भन्दा वढी विरामी अस्पताल आउने गरेको अस्पतालले जनाएको छ। भूकम्प गए लगतै  वढीमात्रामा आएका वृद्धावृद्धमा श्वास प्रश्वासको समस्या देखिनुका साथै पानीबाट सर्ने रोगहरू, झाडा पखाला, टाइफाइड वढी मात्रमा देखिए छ। वैशाख १२ पछि वढी सुत्केरी महिलामा मानसिक रुपमा चिन्ता वढेर जचाउँन आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार भूकम्पले गर्दा गर्भवतीमा गर्भमा रहेको वच्चालाई असर पर्ने,  गर्भ तुहिने, अपाङगता हुने हो कि भन्ने मानसिक चिन्ता लिएर अस्पतालमा आउने गरेका छन्।
अधिकांश महिला नै प्रत्येक दिन अस्पतालमा स्वास्थ्यको बारेमा जानकारी लिन आउने गरेका छन्। भूकम्पले गर्भमा रहेको वच्चालाई कुनै असर नपार्ने  भन्दै महिलाहरूलाई ढुक्क हुन समेत अस्पताल प्रशासन प्रमुख डाक्टर विष्णु विष्टले आग्रह गरेकी छिन्। यतिवेला महिलालगायत सवैलाई स्वास्थ्य एंव खानपानमा ध्यान दिन समेत लमजुङका स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। खानपानमा र स्वास्थ्यमा ध्यान नदिदाँ झाडापखाला, टाइफाइडलगायतका समस्या देखिन सक्ने  स्वास्थ्य कर्मीको भनाइ  छ।
यसैवीच साथै बैशाख १२ गते गएको महाभूकम्पले चिरा परेेको अस्पतालको भवनमा  मङ्गलवारको भूकम्पले थप क्षति पुर्‍याएको अस्पतालका प्रशासन प्रमुख विष्टले बताइन्।  भूकम्पका कारण  अस्पतालको वालवालिका र सुत्केरी कक्ष सामान्य चर्केको र अन्य  कोठाहरूमा धेरै क्षति पुगेको अस्पतालले जनाएको छ।  भूकम्पले क्षति पुर्‍याएका भवनमा चेक जाँच गर्न आएको इन्जिनियरको टोलीले शल्यक्रिया  कक्षलगायत अन्य तीन वटा कोठामा नबस्न सल्लाह दिएको छ।
तर कोठाको अभावका कारण  सतर्कता अपनाउदै शल्यक्रिया गरिरहेको प्रमुख डाक्टर विष्टले वताइन्। भ्ाूकम्पले कर्मचारीहरूको क्वाटरमा समेत क्षति पुगेकोले पालमुनि वसिरहेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: