विपद व्यवस्थापन संसदीय समितिमा महिला उपस्थिति न्युन


प्रकाशित मिति :2015-05-14 13:25:50

ललितपुर, वैशाख ३१। व्यवस्थापिका–संसद्ले गठन गरेको ७३ सदस्यीय राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिमा ११ जना महिला परेका छन्।  सभामुख पदेन सभापति र उपसभामुख पदेन उपसभापति रहने सो समितिले वैशाख १२ को भूकम्पको जनधन क्षति, उद्धार, राहत वितरण र पुनः निर्माणलगायत विषयमा अनुगमन गर्ने तथा सरकारलाई आवश्यक निर्देशन दिने संसद सचिवालयले जनाएको छ।
विनाशकारी भूकम्पबाट महिला धेरै प्रभावित भएको र राहत वितरणका क्रममा लैंगिक अनुकूल हुनुपर्ने आवाज उठिरहेका बेला व्यवस्थापिका–संसद्ले गठन गरेको समितिमा जम्मा ११ जना महिला परेका हुन्। भूकम्प प्रभावित क्षेत्रका सभासदहरू राहत र उद्धारमा खटिरहेकाले कम प्रभावित र खास गरी तराइका सभासदलाई समितिमा राखिएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो।
समिति गठनका लागि दलहरूबाटै आएका नामलाई समितिमा समावेश गरिएको उहाँले बताउनुभयो। एमाले सभासद अष्टलक्ष्मी शाक्यले समितिमा महिला थोरै भए पनि समितिमा रहेका नेतालाई राहत र पुर्ननिर्माणका क्रममा लैंगिक आँखाले हेर्न ध्यानाकर्षण गराउने प्रतिवद्धता सञ्चारिका अनलाइनसँग जनाउनुभयो।
सञ्चारमाध्यमहरुले पनि यसबारे सचेत गराउन अनुरोध गर्दै उहाँले सुत्केरी तथा गर्भवती महिला, बालबालिका र बृद्धबृद्धा भूकम्पबाट सवैभन्दा धेरै प्रभावित भएकाले समितिले अनुगमन गर्ने क्रममा उनीहरूलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
  समितिमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य पदेन सदस्य रहनुहुनेछ।
समितिमा दलीय प्रतिनिधित्वका आधारमा सहभागिता गराइएको छ। समितिमा रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, ईश्वरी न्यौपाने, आनन्दप्रसाद ढुङ्गाना, पद्यनारायण चौधरी, फरमुल्लाह मन्सुर, दीपक गिरी, केशवकुमार बुढाथोकी, जीवनवहादुर शाही, रोमी गौचन थकाली, भरतकुमार साह, सञ्जयकुमार गौतम, डा. शेखर कोइराला, उषा गुरुङ, डा चन्द्रमोहन यादव, झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली सदस्य हुनुहुन्छ।
त्यस्तै समितिमा भीमबहादुर रावल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, अग्निप्रसाद खरेल, भानुभक्त ढकाल, शत्रुघन महतो, गोकुलप्रसाद घर्ती, दलबहादुर सुनार, सीता गिरी, मञ्जुकुमारी चौधरी, दामोदर भण्डारी, नरदेवी पुन (मगर), मोहन बाँनिया, जुनैद अन्सारी, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, रेखा शर्मा, शिवकुमार मण्डल सदस्य हुनुहुन्छ।
समितिमा श्रीप्रसाद जगेवु, दलजीत विके श्रीपाली, कमल थापा, कुन्तीकुमारी शाही, जितेन्द्रनारायण देव, दीपक बोहोरा, विज्रेशकुमार गुप्ता, डा शिवजी यादव, लक्ष्मणलाल कर्ण, अइन्द्रसुन्दर नेम्वाङ, डिलबहादुर नेपाली, प्रेम सुवाल, धमे्रन्द्रकुमार साह तेली, दुर्गा पौडेल, जयदेव जोशी, नरेन्द्र साह कलवार, एकनाथ ढकाल, शिवलाल थापा, गोपाल दहित, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, प्रेमबहादुर सिंह, हरिचरण साह, सरिताकुमारी यादव, लक्ष्मण राजवंशी, डिम्पलकुमारी झा, रामकुमार राई, कुमार खड्का, लोकमणि ढकाल, मेघराज नेपाली निषाद, यशोदाकुमारी लामा, अतहरकमाल मुसलमान, चन्द्रेश्वर झा सदस्य हुनुहुन्छ।
समिति आफैँले कार्यविधि तय गर्ने, आवश्यकताअनुसार विशेषज्ञ बोलाएर छलफल गर्न सक्ने, भूकम्प प्रभावित जिल्लाको स्थलगत अनुगमन गरी राहत, पुनः स्थापनालगायत विषयमा आवश्यक निर्देशन तथा अनुगमन गर्न सक्ने अख्तियारी प्रदान गरिएको छ।
व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७० को नियम बमोजिम सो समिति गठन गरिएको हो। भूकम्पका कारण भएको जनधनको क्षति, ऐतिहासिक तथा सांस्कृतिक धरोहरको विषयमा आवश्यक अध्ययन गर्ने अख्तियारी समेत समितिलाई दिइएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: