राहतका लागि पोखराका महिला सक्रिय


प्रकाशित मिति :2015-05-15 12:59:25

jamuna pokh
कास्की, जेठ १। विनाशकारी भूकम्प  प्रभावित बनेकाहरूको राहतका लागि पोखराका महिलाहरू सक्रिया बनेका छन्।
पीडित, घाइते तथा प्रभावित क्षेत्रमा पुगेर राहत बाड्ने, खाना खुवाउने तथा विभिन्न संघ संस्थासँग समन्वय गरेर राहत वितरणलाई व्यवस्थापन गर्ने काममा महिला समूहहरू सक्रिय देखिएका छन्।
वैशाख १२ गते पछि भूकम्प पीडितको मानवीय सेवामा  मानव मिलन नारी जागरण नेपाल निकै सक्रिय बनेको छ। मनिपाल अस्पतालमा भूकम्प पीडित राहत कोषमा समेत सक्रिय भएका थिए भने यस संस्थाले धादिङका चार गाउँमा राहत वितरण गरिसकेको छ। विहीबार मात्रै निलकण्ठ नगरपालिकाको सुनौलाबजार क्षेत्रका दुईसय घर परिवारलाई राहत वितरण गरेको छ। दुई सय घरपरिवारलाई त्रिपाल, कम्बल, डोरी, म्याट्रेस, चामल, चाउचाउ, बिस्कुटलगायत लत्ताकपडा वितरण गरिएको हो मानव मिलन नारी जागरणका अध्यक्ष सावित्री शर्माले बताउनुभयो।
त्यसैगरी पोखरा उद्योग बाणिज्य महिला उद्यम विकास समितिले पनि भूकम्प पीडितका लागि राहत वितरणमा सक्रियता देखाएको छ। राहतमा साथ दिने धेरै महिला तथा आमासमूह, संघ संस्थाहरू क्रियाशिल भएका छन्।
त्यसैगरी अस्पतालमा उपचाररत घाइतेको डिष्चार्जपछि आश्रयको प्रबन्धकालागि संचारकर्मी एवं तमुधिं कास्कीले पनि सक्रिय भएको छ।
पीडितलाई थप मानिसक पीडा नहोस् भनेर उनीहरूको मनोसामाजिक परामर्शका साथै बालबालिकालाई भुकम्पको त्रासबाट मुक्त गर्न उनीहरूका लागि घुम्ने र खेल्ने वातावरण बनाउन समेत तमुधि कास्कीका सरस्वती गुरुङ्गले पहल गरिरहनुभएको छ।
पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले विभिन्न संघसंस्थासँग समन्वय गरी राहत, उद्धार, पुननिर्माण र मनोसामाजिक परामर्शका सक्रिय बनिरहनु भएको। महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सरलाकुमारी पाण्डे, नगरस्तरिय महिला समन्वय समिति, आमा समूह र महिलासँग सम्बन्धित अन्य संघसंस्थालगायत दर्जन भन्दा बढि संघ संस्था तथा व्यक्तिगत रुपमा समेत महिलाहरू राहत र भोजन दानमा सक्रिय बनेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: