माइती नेपाल २ सय बालिकालाई आश्रय दिन तत्पर


प्रकाशित मिति :2015-05-15 13:46:36

महिला खवर
काठमाडौं,जेठ १ । विनाशकारी महाभूकम्पबाट प्रभावित  १८ वर्ष नपुगेका २ सय बालिकालाई  माइती नेपालले आश्रय दिने भएको छ ।
नेपालले अहिलेसम्म परिवारबाट छुट्टिएका २८ जना बालबालिकालाई आश्रय दिइएको नेपालका सेल्टर इन्चार्ज सुमित्रा श्रेष्ठले जानकारी दिनु भयो ।
भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक, खोटाङ, ललितपुर र काठमाडौंका २८ जनाले आश्रय लिइसकेका छन् । नेपालले भूकम्पबाट अलपत्र अवस्थामा रहेका ३ जना सुत्केरीलाई उद्धार गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालले भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्नुका साथै परिवारबाट बिछोड भएका बालिकाको उद्धार र अवस्थाको बारेमा डाटा संकलन समेत गर्ने गरेको श्रेष्ठको भनाइ छ ।
माइती नेपालले भूकम्पबाट पीडित बालबालिका र सुत्केरी महिलालाई आश्रय दिएको थाहा पाएपछि फिरिरि नेपालले दश हजार नगद र एक लाख बराबरको कपडा सहयोग गरेको छ ।
पीडित बालबालिका र महिलालाई लक्षित गरेर फिरिरिले नेपालमै उत्पादन गरेको कपडा माइती नेपालका अध्यक्ष  अनुराधा कोईरालालाई हस्तान्तरण गरेको फिरिरिका प्रबन्ध निर्देशक भगवती थापाले बताउनु भयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: