आधारभूत स्वास्थ्य सेवाविना हरेक घण्टा १२ शिशुको जन्मः यूनिसेफ


प्रकाशित मिति :2015-05-15 15:33:05

unisef

ललितपुर, जेठ १।  भूकम्प प्रभावित क्षेत्रमा हरेक घण्टा कम्तिमा १२ जना शिशु आधारभूत मातृत्व स्वास्थ्य सेवा बिनानै  जन्मिएको यूनिसेफले जनाएको छ।  यो अवस्थालाई ध्यान नदिने हो भने अर्को महिनासम्ममा करिब १८ सय नवजात शिशु र सुत्केरी महिला जोखिममा हुन सक्ने अनुमान युनिसेफले गरेको छ ।
 युनिसेफले आज जारी गरेको विज्ञप्तिमा भूकम्पबाट अत्यन्त प्रभावित १४ वटा जिल्लाका  ७० देखी ९० प्रतिशत बर्थिङ सेन्टर क्षतिग्रस्त भएको उल्लेख छ। यसैगरी गर्भवती महिला सुरक्षित स्वास्थ्य सेवाबाट वञ्चित भएका छन। धेरैजसो  गर्भवती महिला घरवारविहिन भएको, भर्खर जन्मेका नवजातशिशुसँगै सुत्केरी महिला अत्यन्त असुरक्षित ठाउँमा बसिरहेकाले गर्भवतीका लागि सुरक्षित सुत्केरी सेवाको व्यवस्था गर्न अत्यन्त आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ।
यूनिसेफले प्रभावित क्षेत्रहरूमा अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माउनेहरूको संख्या बढिरहेको र भूकम्पको पहिलो दिन बच्चाहरू धेरै असुक्षित र जोखिममा  भएको जनाएको छ।  भूकम्प आउनु पहिला  भूकम्पबाट प्रभावित १४ वटा जिल्लामा  ३८ दशमलव ६४ प्रतिशत महिलाले अस्पताल र बर्थिङ सेन्टरहरूमा सुुरक्षितरुपमा बच्चा जन्माएको  र देशभरमा ५९.५ प्रतिशत महिलाले सुरक्षित गर्भधारण गरेको विज्ञप्तिमा जनाईएको छ।
भूकम्पका कारण  महिना नपुग्दै बच्चा  जन्मिन सक्ने , गर्भपतन र अन्य समस्याहरू देखिने हुदा आवश्यक सहयोगको व्यवस्था गर्न आवश्यक भएको युनिसेफले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: