बेलिना थापा
लमजुङ, जेठ ३। लमजुङ बाग्लुङपानी गाउँ विकास समिती पुमा घर भई हाल बेलायतमा कार्यरत कल्याण गुरुङले लमजुङको बेसीशहरमा रहेको आदर्श महिला तथा बाल बिकास केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ। उहाँले केन्द्रमा रहेका अनाथ र असहाय बालबालिकाको पालनपोषणमा सघाउन गत अक्टोवर २०१४ मा आयोजित सांगीतिक कार्यक्रममा टिकट बिक्री गरी संकलन गरेको ७० हजार ५ सय रुपैयाँ केन्द्रलाइ हस्तान्तरण गर्नुभएको हो।
बेलायत जानुअघि बेसीशहरमा बस्दै आउनुभएका गुरुङले केन्द्रले घर घरमा प्लाष्टिकको झोला राखी मुठीदान अभियान सञ्चालन गरेको देखेपछि आफूलाई सहयोग गर्र्ने ईच्छा जागेको बताउनुभयो। उहँाले आगामी दिनमा पनि उक्त केन्द्रको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। केन्द्रमा २३ जना द्वन्द्वण्डपीडित बालबालिकाले आश्रय लिइरहेका छन्।
Comment Here!