प्रकाशित मिति :2015-05-17 13:52:38
रमला सिंगक

सुनसरी, जेठ ३ । गत बैशाख १२ गतेको विनासकारी महाभूकम्प र त्यसपछि २९ गते आएको भूकम्पको अनुकम्पनले तहसनहस बनाएपछि पीडित परिवारलाई सहयोग गर्न औषधीका साथ राहत सामग्री लिएर मिस लिम्बु सहित धरानका तीन मोडलहरु शनिबार दोलखा पुगेका छन् ।
त्यहाँको जिल्ला प्रसासनसँग समन्वय गरेर उनीहरुले दोलखाको गैरीमुढे– ८ वडामा बस्ने २ सय २५ घर परिवारलाई राहत वितरण गर्ने उदेश्यले दोलखा पुगेको यसै बर्षकी मिस लिम्बु विष्णु चेम्जोङले बताउनु भयो ।
तीनवटा पिकअप गाडीमा पीडित परिवारका लागि चाहिने अत्यावश्यक सामाग्रीहरु त्रिपाल, चामल, नुन तेल, सुत्केरी महिला र बालबालिकालाई चाहिने पोषणयुक्त खाद्य पदार्थ, औषधी, स्यानिटरी प्याड, विस्कुट ग्लुकोज, भाडावर्तन लिएर गैरीमुढी लागेको चेम्जोङले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हामीले सक्ने सहयोग जुटाउने हो र स्थानीय प्रसासनसंग समन्वय गरेर प्रत्यक्ष प्रभावित र पीडित परिवारलाई सोझै वितरण गर्न दोलाखा पुगेका हौं ।’
राहत वितरण टोलीमा मिस लिम्बु सहित मोडल तथा कलाकारहरु कुन्नी हाङश्रोङ, रेखा फागो मनिता साँवा, अनिषा बोखिम, सुजु श्रेङचोङबाट, मेरिना चेम्जोङ,र गीतकार तथा याक्थुङयुथ एसोसिएसन संयोजक मिना सिंगक सहभागी छन् । उनीहरुकै पहलमा एकसाता लगाएर मोरङ र सुनरीकाका दाताहरुबाट संकलन गरेको राहत सामग्री तीन पिकअप गाडीमा लिएर दोलखा पुगेको कुन्नी हाङश्रोङले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हाम्रो पुस्ताले देखेको यस्तो महाविपत्तिको सामना गर्न हाम्रो सरकारले समेत नसकिरहेको अवस्थामा कोही पनि नेपाली चुप लागेर रमिते हुनु भनेको संवेदनाहीन हुनु हो । जसको जति हैसियत पुग्छ उसले सहयोग गर्नु अहिलेको आवश्यकता ठानेर राहत संकलन गरी दोलखा पुगेको हो ।’ करिब ६ लाख रुपैयाँ बराबरको जिन्सी राहत सामग्री संकलन भए पनि सवै एकसाथ लैजान नसकेपछि धरानमा बाँकी रहेको सामग्री दोश्रो चरणमा लैजाने भएको छ ।
मोरङमा उनीहरुलाई उर्लाबारीस्थित कुलझोडा समूह, अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष लोलिम पोमो, पूर्ण सिंगक लगायतले राहत संकलनमा सहयोग गरेका थिए । यसैगरी धरानस्थित विजयुर मिडिया ग्रुपद्धारा संचालित विजयपुर एफएमले भूकम्प पिडितलाई राहत संकलन गर्न सहयोग गरेको थियो ।
मोडल तथा कलाकारहरुको टोलीमा उर्लाबारी स्थित अरनिको हस्पिटलका चिकित्सकहरु औषधीसहित डा. गणेश लिम्बु र नर्स स्मिता राई सहितका स्वास्थ्यकर्मीहरु सहभागी छन् ।
Like this:
Like Loading...
Comment Here!