सुत्केरी आमा र नानीहरूको स्वास्थ्यमा संकट


प्रकाशित मिति :2015-05-17 15:05:06

साधना विश्वकर्मा
sutkeri 2काठमाडौं, ३ जेठ। कुनै समयमा जीवनको मीठो कल्पना गर्थिन् उनी। जीवनमा पहिलो पटक आमा वन्दाको क्षण चारैतिर खुसी छाउने छ भन्ने उनी ठान्थिन। उनी मनमनै रमाउथिन्। जीवनका ती मीठा सपना अहिले विमलाका लागि अकल्पनिय कथा बनेका छन्। भूकम्प गएको वैशाख १२ गतेको दिनदेखि पालमुनि बस्दै आएकी विमलाले पहिलो सुत्केरी प्रसव पीडा त्यहीँ छट्पटाउँदै सामना गरिन्।
‘दिउँसो घामले पाल पग्लेला जस्तो हुन्छ। बारवन्देज उपयुक्त छैन। काखमा तिन दिनको शिशुसँगै काठमाडौंस्थित लगनखेलमा बस्दै आएकी उनले भनिन्, ‘जतिवेला जे हुन्छ त्यही खाएर बस्नुपर्छ। बच्चालाई सेकताप र स्याहार पुगेन। जोगाउनै मुस्किल हुन थाल्यो। चारतले घर भत्किएपछि उनी सपरिवार राहतको पालमुनि बस्दै आएकी छन्।
सुत्केरी महिलाको लागि ज्यानको सुरक्षा गर्नुपर्ने र पोषिलो आहार खानुपर्ने समय हो। जुन समयमा राम्रो स्यार र पोषणको अभावमा थुप्रै रोगको सिकार बन्नुपर्ने हुन्छ। तर  विमलाले घर भत्किएपछि न राम्रोसँग खान पाएकी छिन् न राम्रो ठाँउमा बस्न । भूकम्पले सन्तान जीवनभर अस्वस्था हुने स्थिति आयो। उनले भनिन्, ‘सन्तान जन्माउँदाको प्रसवपीडा वरु निको भयो।तर यो भूकम्पले पुर्‍याएको क्षतिले पलपल पीडा दिइरहेको छ।’
उसो त महिलाका लागि आमा वन्दाको पल थप जिम्मेवारीसँगै सौभाग्यको उदय हुने समय हो। तर जीवनमा पहिलो पटक आमा हुँदाको अवस्थामा उनी भूकम्पको मारमा परेपछि उनले त्यो सौभाग्य महसुस गर्न पाइनन्। घरभित्र बच्च्ााको अनुहार हेर्दै हाँस्ने समयमा चिसो लाग्ने चिन्ता गर्नु परेको छ। पोषण नपुगेर रोगी बन्न हो कि भनेर पिर पनि उनलाई उत्तिकै लागेको छ।
अर्की सुत्केरी महिला शान्ति गुरुङ्को ब्यथा पनि उस्तै छ। दोलखाकी शान्ति गुरुङ् काठमाडौंमा श्रीमानसँग बस्दै आएकी थिइन्। भूकम्प जाँदा उनी सुतिरहेकी थिइन्।
उनका पति दिलबहादरका अनुसार भुकम्पले घर हल्लाउन थालेपछि शान्तिलाई उठाएर वाहिर ल्याए लगत्तै घर ढल्यो। महाभूकम्पको १८ औं दिनपछि उनले वच्चा जन्माइन्। ‘सुत्केरीलाई न्यानोमा राख्ने, सेकताप गर्ने र पोषिलो खानेकुरा खुवाउने समयमा विजोग भयो। उनले भने।अहिले शान्तिलाई साँझ बिहानको खाना उनका श्रीमानले खुवाउने गरेका छन्।
भूकम्पकै समयमा सुत्केरी भएका थुप्रै महिला पालमुनि रहेर आफ्नो दैनिकी गुर्जान बाध्य छन्। अहिले काठमाडौंको लगनखेलमा विमला र शान्तिसँगै अन्य पाँचजना सुत्केरी महिला रहेका छन्। उनीहरुले साँझ विहान आफन्तकै सहयोगमा खान पाउने गरेका छन भने दिउँसोको खाना गैर सरकारी संस्था ओरेक नेपालले प्रदान गरेको छ।विपतमा परेका महिलाका लागि अहिले थुप्रै गैससलगायतका संघसंस्थाले सहयोग गरिरहेका छन्। तर कतिपय  महिलाहरुले सुत्केरी समयमा खान समेत पाइरहेका छैनन्। सुत्केरी अवस्थामा उचित स्याहार नपाउदा महिलाको शरीर जीवनभर अस्वस्थ हुने सक्छ। त्यसकारण पनि सुत्केरीले राहतमा पहिलो प्राथमिकता पाउनु पर्छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: