ऋण तिर्ने कि छोरा पढाउने?


प्रकाशित मिति :2015-05-18 11:03:39

rauteरोल्पा, जेठ ४। केहि महिना अघि मात्रै साढे ७ लाखको घर जग्गा किनेका रोल्पा नुवागाउका २८ वर्षीय पुर्ण बहादुर घर्तीमगर त्यहि ऋण तिर्न विदेश जाने भनि काठमाडौं पुगेका थिए।
घरपरिवार र ईष्टमित्रसँग विदा भएर बैशाख ४ गते काठमाडौं हिँडेका उनको वैशाख १३ गते बिहान ५ बजे दुबईका लागि उडान तय भईसकेको थियो। टिकट लिएर उडानको पर्खाईमा राजधानीको एक होटलमा बसेका उनको न विदेश गएर घरको ऋण तिर्ने सपना पूरा भयो न त उनलेे श्रीमती र छोराछोरीलाई छिट्टै घर फर्केर आउने दिएको बाचा भयो।
वैशाख १२ गतेको विनासकारी भूकम्पले उनी बसेको होटल भत्किदाँ उनी त्यहि पुरिए। ६ दिनपछि मात्र उनको शव भेटियो। आफन्तहरूले शव बुझे र पशुपति आर्यघाटमै दाहसंस्कार गरे। उनका श्रीमती र २ छोराले शव समेत देख्न पाएनन्।
उनको परिवार, आफन्त र टोल अहिले शोकमा डुबेको छ। उनको २८ वर्षीया श्रीमती जैसरी घर्तीमगर र २ छोरा जेठो ११ वर्षीय खिम बहादुर घर्ती र कान्छो छोरा ७ वर्षीय गणेश घर्ती बेलाबेला  बेहोश जस्तै बन्छन्।  स्थानीय मिना घर्ती मगर भन्छिन्।
 जग्गा किन्दा लागेको ऋण तिर्न उहाँले विदेश जाने सोच बनाउनुभएको हाे, हाम्रो भाग्य अधुरो रहेछ’—जैसरी भन्छिन्।
श्रीमानको मृत्युपछि सबै जिम्मेवारी आफूमा थपिएको भन्दै जैसरी भन्छिन् ‘छोराहरूलाई कसरी पढाउँ, घर व्यवहार कसरी चलाउँ केहि सोच्ने क्षमता छैन मसँग।’ श्रीमानको मृत्युपछि एकल भएकाले समाजले हेर्ने दृष्टिकोणमा खोट हुन्छ कि भन्ने चिन्ताले समेत सताएको जैसरी बताउँछिन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: