प्रहरी श्रीमती संघद्वारा राहत सामग्री वितरण


प्रकाशित मिति :2015-05-18 11:59:38

ललितपुर, जेठ ४ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रोशी अर्याललगायत संघका पदाधिकारीले वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पीडित दोलखाको, झुले गाविस–३ मा बसोवास गर्ने ८८ घर परिवारका पीडितका लागी  प्रत्येकलाई एक थान त्रिपाल र एक बोरा  चामल वितरण गरेका  छन् ।
यसैगरी नेपाल प्रहरी श्रीमती संघले वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट प्रभावित काठमाडैं उपत्यकाका बिभिन्न ठाउँमा बसेकालाई खानेकुरा उपलब्ध गराएको छ ।
संघले कालमोचन, त्रिपुरासुन्दरीमहादेव, बसन्तपुर, भृकुटीमण्डप, जैशीदेवल, हनुमानढोका, सुन्धारा, नेपाल प्रहरी अस्पताल, ललितपुरको पाटन दरवार क्षेत्र, कृष्णमन्दिर, शंखमुल, मंगलवजार, भक्तपुरको चांगुनारायण समेतमा रहेका भूकम्प पीडित, घाईते, उद्दार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरूलाई जेठ २५ गतेदेखि आईतबारसम्म खाजाको लागी अण्डा, पाउरोटी, पानी वितरण गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: