बलियाबाङ्गाजस्तै राहत लागि कसरी दौडन्छन् नानीका आमाहरू?


प्रकाशित मिति :2015-05-18 12:43:27

gorkhaगोरखा, जेठ ४।काखे नानी भएका महिलाहरूले वलिष्ठ व्यक्ति सरह राहत सामग्रीका लागि तँछाड मछाड गर्नु परेको गुनासो गरेका छन्। यस्ता महिलाहरूसम्म राहत सजिलै पुर्‍याउने व्यवस्था नगर्दा उनीहरूको अवस्था थप कष्टकर भएको छ।
गोरखा जिल्लाको सदरमुकामबाट ३६ किलोमिटरमा टाढा आरुघाटका महिलाहरूले यसरी बलियाबाङ्गा व्यक्तिसरह भिड्न नसक्दा राहत पाउन नसकेको बताएका छन्।
‘दुई वर्षको बच्चा च्यापेर लाइनमा तँछाड मछाड गरेर राहात लिन जान सकिनँ’ गोरखका आरुघाटस्थित बगैचाको त्रिपालमुनि बसिरहेकी कमला गुरुङले भनिन्, ‘राहतका नाममा एउटा त्रिपाल र २ वटा कम्मल बाहेक केही पाएको छैन।’
उनले थप गुनासो गर्दै भनिन्, ‘यहीँ वरिपरि जसले जे दिन्छन् त्यही खाने हो। के बच्चा के आमा एउटै,जे छ त्यहि खाने हो।’
आरुघाटकै सुन्दरी गुरुङ पनि राहात सामग्री लिन जाँदा महिलालाई समस्या भएको बताउँछिन्। लाइन बस्नु पर्ने भएकाले पनि सहज छैन।उनका पति वैदेशिक रोजगारमा छन्। बाल बच्चा लिएर लाइनमा बस्नु गाह्रो हुन्छ।
Gorkha 2
८० वर्षिय वृद्ध जौमाया गुरुङ घरबासको ठेगाना नहुँदा पाल मुनिको बासले चिन्तित बनाएको बताउँछिन्। ‘कहिलेसम्म हात थापेर खानु पर्ने हो। न बस्ने ठेगान छ न जाने ठाउँ छ। नसोचेको भयो।’घिरम्छाकी कान्छी गुरुङलाई भने १ वर्षीय छोरीलाई भाँच्चिएको खुट्टाको चिन्ता छ। ढुंगा खसेर बच्चाको खुट्टा भाँचियो यो त्रिपालमुनि के ख्वाएर राख्ने र कहिलेसम्म राख्ने भन्ने उनको चिन्ता छ। उनका श्रीमान विदेशमा छन्।
१५ वर्षीय मिना गुरुङलाई भने पढ्न नपाएकोमा चिन्ता छ। भीमोदय उच्चमाविमा कक्षा १० पढ्ने मिनाको स्कुल पूर्ण रुपमा ध्वस्त भएको छ। ‘सरहरू पनि स्कुल कहिले खुल्छ भन्न सक्नुहुन्न’ उनले भनिन्, ‘पढ्न पनि नपाइने भयो भन्ने लाग्छ। दिनदिनै भुकम्प जान्छ।’
Gorkha 3
गोरखाको आरुघाट बजारमा मानवीय भन्दा बढ्ता भौतिक संरचना नष्ट भएका छन्। यहाँ १० जनाको भुकम्पमा परेर ज्यान गएको छ। झण्डै ८० प्रतिशत घरहरु पूर्ण रुपमा नष्ट भएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: