बेगनास तालमा २ बालिकाको डुबेर मृत्यु


प्रकाशित मिति :2015-05-18 12:54:02

महिला खबर
पोखरा ४ जेठ। कास्कीको बेगनासतालमा डुंगा पल्टिदा २ बालिकाको मृत्यु भएको छ। लेखनाथ ११ पचभैयाकी १३ वर्षीया सीता सुनार र १२ वर्षीया ममता गुरुङको डुबेर मृत्यु भएको हो। अमरसिद्ध नमूना उच्च मावि लेखनाथमा सुनार कक्षा ८ र गुरुङ कक्षा ७ मा पढ्थे। डुंगा पल्टिँदा अन्य ३ जना भने पौडिएर बाँच्न सफल भएका छन्।
शनिबार दिउँसो वनमा घाँस,दाउरा काट्न गएका उनीहरू गर्मी भएको भन्दै नुहाउन तालमा पसेका थिए। जलारीले काम नलाग्ने भएर छाडेको पुरानो डुंगा देखेपछि उनीहरू डुंगामा सयर गर्न थालेका थिए। पानी छिर्ने सो डुंगा चलाउँदै तालको बीचमा पुगेका बेला त्यो  पल्टिदा उनीहरुको मृत्यु भएको स्थानीय भनाइ छ।
पौडिएर बाँचेकाले खबर गरेपछि उद्धारमा गएको डाँडाको नाक प्रहरी चौकी र स्थानीय जलारीको टोलीले काँडेतारको सहायताले बालिकाहरूको शव बाहिर निकालेको थियो। बालिकाहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: