भूकम्पपछिको मानवीय सहायताका लागि १८ सूत्रीय लैंगिक संवेदनशील माग


प्रकाशित मिति :2015-05-18 13:02:40

DSC_0066
ललितपुर, जेठ ४ । लैगिक समानता तथा महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएका संघसस्ंथा र महिला विज्ञहरुले  संयुक्त रुपमा महाभूकम्पपछि मानवीय सहायता लैंगिक संवेदनशील हुनुपर्ने माग राज्यसंग गरेका छन् ।
ओरेक नेपाल, साथी, फेडो नेपाल, जागरण नेपाल, एकल महिला समूह, महिला कानुन र विकास मंच, वियोन्ड बेजिङ कमिटी, म्याग, संचारिका समूह र होमनेट नेपालले गरेको साझा मागहरू
  •   मानवीय सहायता लैंगिक संवेदनशील हुनुका साथैे महिलाको विशेष व्यवहारिक एवं रणनैतिक आवश्यकतालाई सम्बोधन गर्ने हुनु पर्छ ।
  •   मानवीय सहायतालाई प्रभावकारी बनाउन लैंगिकविभेद तथा असमानताका बिषय  एवं आवश्यक क्षमता पहिचानमा पूर्ण समझदारी हुन जरुरी हुन्छ । साथै लैंगिक समानताको प्रवद्र्धन एवं त्यसलाई हासिल गर्न हामी सबैको सहकार्य आवश्यक पर्छ । यो सबै मानवीय सहायता कार्यमा सलंग्न सबै कार्यकर्ताको साझा जिम्मेवारी हो ।
महिलाको सहभागिता तथा नेतृत्व 
  •   मानवीय सहायताको समन्वयमा महिला समूह एवं सञ्जालसँग औपचारिक र अर्थपूर्ण संवाद तथा छलफलको थलो बनाई योजना बनाउन आवश्यक हुन्छ । यसले समन्वय एवं नीति निर्माण एवं कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा लैंगिक दृष्टिकोण सुनिश्चित गर्न मद्दत पु-याउँछ  ।
  •   पुनः प्राप्ति (Recovery)  राहत तथा पुर्नस्थापन कार्यमा महिलाको आवाज प्रतिविम्बित हुनुका साथै राहत तथा पुर्ननिर्माण कार्यको प्राथमिकीकरणमा महिलाको नेतृत्व सुनिश्चित गरिनु पर्छ ।
  •   प्रविधिक एवं निति निर्माण भूमिकामा महिलाहरुलाइ संलग्न गराइनु पर्छ । यसका लागि मानवीय सहायतामा संलग्न सबै निकायहरुले (सरकार, दातृ निकाय, तथा संघसस्था) नागरिक समाज/महिला समूहसँग परामर्श एवं छलफलको सुनिश्चितता हुनु आवश्यक छ ।
  •   महिला समूह एवं नागरिक समाजसँग छलफल गर्दा सबै उमेरका, तहका, जोखिममा रहेका (अपांगता भएका÷वृध्दा ) साथै पहुँचबाट बाहिरिएका (महिला घरमुली) महिलाहरुको सहभागिता एवं प्रतिनिधित्वको सुनिश्चितता हुनु अनिवार्य हुन्छ ।
खाद्य सुरक्षा, बासस्थान एवं दिगो जीविकोपार्जन
  •   संरक्षण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै उमेरका महिला एवं पुरुषसँग छलफल गरी आवश्यकता तथा क्षमता पहिचान गरी साथै उमेर तथा लिंग बिभेदीकृत तथ्यांक उपलब्ध गर्न जरुरी हन्छ । यस्ता आवश्यकता पहिचानको कार्यमा महिला तथा बालबालिका साथै पुरुष तथा बालकहरुको  पनि खास आवश्यकता तथा क्षमतालाई सम्बोधन गर्नु पर्छ ।
  •   खाद्य सुरक्षा, बासस्थानमा महिलाको समान पहुँचको सुनिश्चितता गर्न महिला एवं उनको परिवारलाई खाद्य, पानी एवं सरसफाइ कार्यक्रम तर्जुमाको साथै खाद्य सामग्री एवं पानी वितरण जस्ता कार्यमा सहभागी बनाउनु जरुरी छ । यस्तो सहभागिता ग्रामीण परिवेशमा अनिवार्य हुनु पर्छ ।
  •   सबै नीति निर्माण तथा छलफल कार्यमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै जीविकोपार्जनको अवसर स्थानीय महिलाका आवश्यकता, परिवेश तथा क्षमताका आधारमा प्रदान गर्न जरुरी हुन्छ ।
  •   स्थानीय महिला समूह तथा महिला नागरिक समाज जो प्रभावित क्षेत्रमा कार्यरत छन् तथा जोसँग स्थानीय अवस्थाबारे ज्ञान तथा स्रोत उपलब्ध छ र जसले तुरुन्तै समुदायको प्राथमिक आवश्यकता पहिचान गर्न सक्छ, उनीहरुलाई तत्कालै आर्थिक सहयोग उपलब्ध गराउनु पर्छ ।
महिला तथा बालिका विरुद्धको हिंसा रोकथाम
  •   सबै प्रकारका हिंसा लगायत यौनिक हिंसालाई तत्काल रोकथामका निमित्त कार्य गर्ने, प्रायःजसो यस्ता हिंसा कुनै पनि प्रकोप पश्चात बढने सम्भावना रहन्छ । किशोरी जो लैंगिक हिंसाको चरम जोखिममा रहन्छन, उनीहरुका निमित्त विशेष पहल गर्न जरुरी हुन्छ ।
  •   महिलाका आवश्यकताहरुलाई सम्बोधन गर्न संस्थागत, नीतिगत तथा कानुनी संरचनाहरुलाइ पुनरावलोकन गरी लैंिगक उत्तरदायी बनाउनु पर्छ ।
  •   स्थानीय स्तरमा महिलालाई प्रसुति तथा मातृ शिशु स्वास्थ सेवा प्रदान गर्न महिलालाई स्वास्थ सेवा तथा स्वास्थ शिक्षा सम्बन्धी पुनर्ताजगी एवं नयाँ तालिम प्रदान गर्नु पर्छ ।
महिलाको लागि विशेष कार्यक्रम
  •   महिला सम्बन्धी कार्यक्रम संचालन गर्न महिला कोष स्थापना गर्ने र सोको व्यवस्थापन एवं वितरणमा महिला समूह एवं संस्थाहरुको भूमिका सुनिश्चित गर्ने । यस्ता विषयमा महिला समुहसँग संस्थागत रुपमा  समन्वय गर्न आवश्यक हुन्छ ।
  •   सरकारले आन्तरिक बिस्थापित हुनेहरुको लैंगिक बिभेदको तथ्यांकको आधारमा आवश्यकता पहिचान गर्नु पर्छ । जसबाट निर्णय प्रकृया तथा रणनीतिक पुनःवितरणका लागि आधार बन्न मद्दत पुग्नेछ ।
  •   महिलावर्गलाई कल्याणकारी तथा सामाजिक संरक्षणको कार्यमा समानरुपमा समायोजन गर्नु पर्छ ।  त्यसैगरी उनीहरुलाई सरकारी तथा विकासका साझेदार र नागरिक समाज जस्ता संघ सस्थाबाट प्रदान गरिने सामग्री तथा सेवामा पनि संलग्न गराउनु पर्छ ।
  •   सहायता तथा पुनःप्राप्ति जस्ता कार्यको अनुगमनमा महिला संस्थाहरुको अग्रगामी भूमिकालाई सुनिश्च गर्नु पर्छ ।महिलाहरुमा निरन्तर रुपले सूचना प्रवाह गरी स्व–निर्णय गर्न सक्ने अवस्था सुनिश्चत गरिनु पर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: