अवैध रुपमा राखिएका बालबालिकाको उद्धार


प्रकाशित मिति :2015-05-19 15:22:55

बेलिना थापा 
balbalika lamgungलमजुङ, जेठ ५ । लमजुङको सुन्दरबजारबाट अवैध रुपमा राखिएका दश जना बालबालिकाको उद्धार गरिएको छ। उत्पीडित कल्याण केन्द्रको नाममा काठमाडौंमा रहेकोे बालगृह भूकम्पले क्षतिग्रस्त बनेको भन्दै लमजुङमा स्थानान्तरण गरेको जानकारी सहित उक्त केन्द्रका सञ्चालक प्रशासनमा राहत माग्न गएपछि जिल्ला बालकल्याण समितिले केन्द्रकाे अनुगमन गरी त्यहाका बालबालिकालाई उद्धार गरेको हो।

बालगृह संचालक सुर्यबहादुर बुढापृथीले बालगृह चलाउन राहत माग्दै प्रशासनमा निवेदन दिएपछि जिल्ला बालकल्याण समितिले उक्त बाल गृहको अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृह संचालन गर्न कानुनी प्रक्रिया पुरा नगरेको र बालबालिका जोखिममा देखिएकाले तत्काल उद्धार गरिएको बाल अधिकार अधिकृत नविनचन्द्र घिमिरेले जानकारी दिनुभयो।

अधिकृत घिमिरेले भन्नुभयो–’सुन्दरबजारको पाउँदीमा वैशाख ४ देखि ६ गतेसम्म दशजना बालबालिकालाई राखिसकिएको रहेछ, भूकम्प आउनुअघि नै पाउँदी आएर घर भाडामा लिएर बसेको देखिएपछि संस्थाको स्वार्थका बारेमा आशंका जन्मियो र बालबालिकाको उद्धार गरेका हौं।’

। बुढापृथीले सुन्दरबजारकै मर्स्याङ्दी निमाविमा ती बालबालिका भर्ना गरेको अभिलेखमा समेत देखिएको छ। बालबालिकालाई देखाएर ठगी गर्ने धन्दा हुनसक्ने बाल बालिकाको क्षेत्रमा काम गर्नेहरूले आशंका गरेका छन्।

उद्धार गरिएका बाल बालिकामा नुवाकोटका दुईजना, कपिलबस्तुका एकजना, हुम्लाका दुईजना, दोलखाका दुईजना, सप्तरीका दुईजना र गोरखाका एकजना छन्। जसमा बालिका तीन र बालक सात जना छन् भने उनीहरूको उमेर पाँचदेखि १४ वर्षसम्मको रहेको छ।

बालबालिका के कसरी जम्मा गरे भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला बाल कल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो। बालगृह चलाउने अनुमती र मापदण्ड नदेखिएकाले गैरकानुनी काम गर्नेलाई कारबाही हुने उहाँको भनाइ छ। साथै जिल्ला प्रशासन कार्यालय लमजुङमा २०५५ सालमा दर्ता भएको उत्पीडित कल्याण केन्द्रले भूकम्प पीडित भनेर दिएको निवदेन पनि  झुटो देखिएको  जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएकाे छ।

१३ वर्षदेखि बालगृह चलाएको बुढापृथीको दाबी छ। उनी अहिले प्रहरी हिरासतमा छन्। गैरकानुनी रुपमा बाल बालिकालाई लिएर हिँडेको र बालगृह नै नचलाई राहत मागेको प्रमाणित भएपछि उनले प्रमुख जिल्ला अधिकारीसँग माफी मागेका थिए।’अनुमती लिन प्रक्रियामा रहेकाले एक पटकलाई माफ दिनुस्’ उनले भनेका थिए। तर बाल बालिकाको भविष्यमाथि खेलवाड भएकाले आवश्यक अनुसन्धानपछि कानुनी कारवाही गर्ने तिमिल्सिनाले बताउनुभएको छ।

बालगृह  रहेकाे भनिएको ठाउँकाे अनुगमनपछि  महिला तथा बाल बालिका कार्यालयका प्रमुख दिपा घिमिरेले बालगृहका लागि आवश्यक कुनै मापदण्ड नपुगेको बताउनुभयो।

बाल बालिकालाई बस्ने,खानेलगायतका अन्य कुनैपनि व्यवस्था मापदण्ड अनुसार छैन, उहाँले भन्नुभयो– हुँदै नभएको भूकम्प पीडित भनेर राहत माग्नु संचालकले बालबालिकालाई प्रयोगमात्र गरेको उद्देश्य झल्किन्छ।

उद्धार गरिएका बालबालिकालाई बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रमा राखिएको छ।

विपत्तीका बेला महिला तथा बालबालिकालाई उद्धारका नाममा दुर्व्यवहार र वेचविखन हुन सक्ने भन्दै यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले खवरदारी गर्दै आएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: