भूकम्पबाट हालसम्म भएको मानवीय र भैतिक संरचना क्षती (अपडेट)


प्रकाशित मिति :2015-05-19 14:07:17

महिला खवर

काठमाडौं¸जेठ ५ । वैशाख २९ गते गएको पराकम्पमा परी अहिलेसम्म १४९ जनाको ज्यान गएको छ भने ३२४५ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरूमा उपत्यकामा १२, पूर्व क्षेत्रमा ४, मध्ये क्षेत्रमा १३९ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरूमा उपत्यकामा १९२६, पूर्व क्षेत्रमा १२५, मध्ये क्षेत्रमा १०४८, पश्चिम क्षेत्रमा १३२ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

मृतक १४४ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ६०१२ पूर्णरुपमा र ८५१२ आंशिकरुपमा गरी जम्मा १४ ५२४ भौतिक संरचनामा क्षति पुगेको छ।

प्रहरीका अनुसार वैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा परी ८ हजार ४६८ जनाको ज्यान गुएको छ भने १८ हजार ५०५ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरूमा उपत्यकामा १ हजार ७१३, पूर्व क्षेत्रमा ५३, मध्ये क्षेत्रमा ६ हजार २५३, पश्चिम क्षेत्रमा ४४७ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेमा उपत्यकामा १० हजार ८२२, पूर्व क्षेत्रमा ३२५, मध्ये क्षेत्रमा ६ हजार १३४, पश्चिम क्षेत्रमा १२००, मध्येपश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ ।

यसैगरी हालसम्म नेपाली नागरिक २७६ र विदेशी नागरिक १०८ जना बेपत्ता भएका छन् ।

उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १३०, पूर्व क्षेत्रमा ३५ हजार ४५४, मध्ये क्षेत्रमा १ लाख ९८ बजार २८३, पश्चिम क्षेत्रमा १ लाख १३ हजार ९४२, मध्ये पश्चिम क्षेत्रमा ३ हजार १५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४ लाख १७ हजार ९९७ भौतिक संरचना क्षती भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: