विहे भाेजको रकम रक्त सञ्चार केन्द्रलाई


प्रकाशित मिति :2015-05-19 14:44:51

सुमित्रा के सी
biheकाठमाडौ,जेठ ५। रुकुमका एक नवविवाहित जोडीले आफ्नो बिहेको भोज भतेरमा लाग्ने खर्च घटाएर सामाजिक कार्यमा सहयोग गरेका छन। रुकुमको मुसिकोट नगरपालिकाका रमेश कुमार गौतम र प्रतिभा पौडेलले बिहेभोजमा लाग्ने एक लाख रुपैयाँ नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरेका हुन्।
उनीहरूले रुकुम जिल्लाको रेडक्रस सोसाइटीमा रक्त सञ्चार केन्द्र स्थापना गर्न सघाउने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए। आर्थिक अभावका कारण जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सकिएको थिएन। रुकुममा रक्त सञ्चार केन्द्र नहुँदा रगत संकलन तथा वितरणमा समस्या हुँदै आएकाले सानो रकम सहयोग गरेको दम्पतिले बताए। जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना नहुँदा स्थानीयले नपाली सेनासँग सहयोग माग्नुपर्ने बाध्यता थियो। यसबाट सुत्केरी महिलालाई  सवैभन्दा धेरै समस्या हुने गरेको छ। यसअघि रक्त सञ्चार केन्द्र स्थापना गर्न जिल्ला विकास समितिले १ लाख रुपैयाँ र जिल्ला स्वास्थ्य कार्यालय रुकमले ६० हजार रुपैयाँ सहयोग गरेका थिए। साेसाइटीले जिल्ला बाहिर जाने यात्रुबाट  समेत ५ रुपैयाँका दरले रकम सहयोग लिँदै आएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: