भूकम्पले बदलिएको मानसिकता


प्रकाशित मिति :2015-05-20 11:02:35

कमला चौधरी

काठमाडौं, जेठ ६। बुटवलकी चन्दा चौधरी वैशाख १२ मा आएको भूकम्पबाट निकै त्रसित भइन। डर र त्रासले छोरी र श्रीमानका साथ कोठामा भएको कपडा खानेकुरा पानीको बोतल झोला झाम्टी लिएर बाहिर खुला ठाँउमा बस्न हिँडिन्। चारदिन उनले सानेपास्थित मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको आ‘गनमा पाल टाँगेर रात बिताइन्।
त्यसपछि माईतघर बुटवल गएर १५ दिन बसिन्। भूकम्पको त्राश विस्तारै शान्त हुदै गएपछि उनी काठमाडौं फर्किइन्। फर्केको २४ घण्टा नवित्दै १८ आै‌ दिन दोस्रो ६.८ रेक्टरको भूकम्पमा परिन्। त्यो भूकम्पको डरले भने उनको मन परिवर्तन भएको छ। उनी काठमाडौं छाड्ने तयारीमा छिन्।

उनी भन्छिन्, ‘केही दिनमै कोठाको सबै सामान लिएर बुटवल बसाई सर्ने योजना बनाएकी छु।’ तीन वर्षअघि विवाह गरेर जीवन गुजारा चलाउन उनीहरू राजधानी आएका ललितपुर सानेपामा बस्दै आएका थिए। तीन वर्षकी छोरी छन्। उनका लागि पनि यहाँ बस्न मन छैन’ उनी भन्छिन्। २०६९ सालमा बुटवलकै फर्साटिकरमा उनकाे विवाह भएको थियो।

विवाह भएपछि श्रीमानसँग राजधानी आईन्। पढाई सकाएपछि श्रीमानले वर्कसपमा काम गर्न थालेका थिए । श्रीमानसँगै ललितपुरको सानेपामा दम्पत्ति बस्दै आएका छन्।चौ‌थो तलामा कपडा सुकाउन गएकी चौधरी अचानक घर हल्लिदा दौडिँदै तल झर्ने क्रममा धन्नै लडिनन्। उनी भन्छिन् ,छोरी कोठामा थिईन्। आफनो पर्वाह भएन दिमागमा छोरीको झल्को आयो आत्तिदै छोरीलाई लिन दोस्रो तला कोठामा पुगेँ।’ अव काठमाडौं नबस्ने मनसाय बनाएकी छिन्।

चन्दाको जस्तै मनस्थिति बनाएका छन्–रुपन्देही रुद्रपुरका विदुर ढकालले पनि। पढाई र जागिर गर्ने शिलशिलामा उनी राजधानीमै थिए। भूकम्प आएदेखि उनी मानसिक रुपमा त्रसित छन्। उनी भन्छन्, ‘आँखै अगाडि घरले पुरिएर एक युवतीको मृत्यु भयो। स्कुटीमा आईरहेका एक जना लडे। धन्न मेरो ज्यान बच्यो।’
चन्दा र बिदुरमात्र होइन, पात्र अरु पनि उदाहरण छन्। सप्तरीकी भगवती विश्वास अध्ययनको शिलशिलामा राजधानी आएको १० वर्ष भयो। पढाई सकेर राजधानीमै दुरसञ्चार कार्यालयमा प्राविधिकमा नाम निस्कियो। उनी यही नै जागिर गर्न थालिन्। उनी पनि शनिबार आएको भूकम्पले निकै त्रसित भइन्। डराएर केही दिन बस्नलाई घर गईन्। लगभग १० दिनपछि उनी फर्किन्। फर्केको केही दिनमै फेरिपनि भूकम्पको अर्को धक्का खाईन्। ‘पहिलाको भूकम्पले सातो गयो,चोटपटक त लागेन। उनी भन्छिन्,’अब यहाँ बसिन्न ,जिल्लामै सरुवा मागेर जाने सोच बनाईसकेकी छु।’
दार्जिलिङकी सुस्मा राई राजधानीमा म्यानपावर कम्पनीमा काम गर्छिन्। कुपण्डोल ज्वागलमा बस्दै आएकी उनी मानसिक रुपमा पुरै तनावमै हुन्छिन्। ‘अव घर फर्किने हो,’ उनी भन्छिन्,’के भएको हो, नेपालमा, यहा‘ बसिन्न। घर गईन्छ ,भूकम्प आए घरमै मर्ने हो परिवारसँगै।’
भूकम्पविद्हरूले काठमाडाैं जोखिममा छ भनेको समाचार सुनेको थिए। अहिले आएर भोग्न पर्‍यो’ चितवनका विमल पाण्डेले भनेे। उनले भने, ‘सर्तक रहने नै हो तर कति दिन कुन बेला के हुन्छ थाहै हुँदैन। त्यसैले घर र्फकन लागेको हुँ।’

वैशाख १२ गते ११ः५६ मा ७.९ रेक्टर स्केल गोरखाको लारपाक र बारपाक केन्द्रविन्दु बनाई आएको भूकम्पले राजधानीमा रहेकाहरू त्रसित भएपछि घर फर्कनेहरूको संख्या बढ्न थालेको छ। भूकम्पले कति क्षति भएको हो त्यो हाल्ने। राजधानीसतिह देशैभर भूकम्प गयो। जनावरदेखि मानिस पुर्ण रुपमा प्रभावित भए। धेरै धनजनको क्षति भयो। बारम्बारको कम्पनका कारण टाढा टाढाबाट ठूलो सपना बोकेर आएकाहरू नफर्किने गरी गाउँ जाने मानसिकता बनाएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: