घरभित्र छिर्नै मान्दैनन् बडीखेलका यी आमाहरू


प्रकाशित मिति :2015-05-20 16:17:46

महिला खबर

ललितपुर, जेठ ६ । १२ वर्षदेखि अक्सिजनको साहारामा बाँचेकी गोदावरी नगरपालिका ८ बडीखेल, थापागाँउकी (चरिमाया)सावित्री थापालाई त्यो दिन माइत जाने हतारो थियो । ०५० सालदेखि दमको बिमारीले थला पारेदेखि उनी भक्तपुरको छालिङ स्थित आफ्नो माइतीघर गएकी थिइनन् ।

बिहानको खाना खाइसकेपछि साइलो छोरा नवराजले आमालाई मामा घर पुर्याइदिन ट्याक्सी लिएर आएका थिए । गाउँमा ४ जना युवाले चरिमायालाई ट्याक्सीमा राखेर माइत लैजाँदै थिए । चरिमाया साइलो छोरासहित सातदोबाटो पुग्दानपुग्दै ट्याक्सी लरखराउन थाल्यो । मान्छे भुइँचालो आयो भन्दै भागाभाग गर्न थाले । गाउँका धेरै घर भत्किए भन्दै गाउँबाट माइला छोराको फोन आयो ।

यति थाहा पाएपछि चरिमायाको माइत जाने इच्छा पनि अधुरै रह्यो । ट्याक्सी फर्काएर उनीहरु घरतर्फ लागे । बाटोमा भुकम्पका झट्का आइरहेका थिए । घर पुग्दा पुराना माटाका घरहरू सबै जसो भत्किएका थिए ।

‘आज माइत नहिँडेका भए म घरभित्रै चिहान बन्ने रहेछ। धन्न, भगवानले बाटो देखाइदिनु भयो,’ चरिमायाले भगवानलाई पुकारिन।
आफू त बाँचिन तर श्रीमानको चिनो थियो चरिमायाको यो पुरानो घर । श्रीमान आफैँले मेहनत गरेर बनाएको । उहाँको सम्झना पनि नासियो चरिमाया घर हेर्दे टोलाउँदै गर्छिन् ।
Aged womeno

तस्बिर / बिष्णु कल्पित
भूकम्प आएको दिन देखि उनी घरभित्र पस्नै मान्दिनन् । निकै डराउँछिन् । मरे पनि बाहिर मर्छु अब घरभित्र छिर्दिन। ‘भुइँचालोले लान्छ भन्दै काम्दै गर्नुहुन्छ’ उनका साईला छोरा नवराजले आमा डराएको देखेर पिर लागेको बताए । घर छेउछाउ पनि आउन मान्नुहुन्न । बाहिर पालमा बसेर कति दिन गुजारा चल्छ र ? वृद्ध महिला त्यसमाथि पनि दमको विरामी । जीवन धान्न दिनमा ३ वटासम्म ग्याँस सिलिन्डर चाहिन्छ उनलाई । विना सिलिण्डर बस्यो भने स्याँस्याँ बढिहाल्छ ।

त्यस्तै, बडीखेल गाविस थापागाउँकै ९६ बर्षीय सान्नानी थापा भूकम्पबाट घाइते भएकी छन् । भूकम्पका कारण आफ्नै घर भत्किदा उनको खुट्टामा चोट लागेको छ । ३ छोरा र ४ छोरीकी आमा सान्नानी कान्छो छोरासँग बस्दै आएकी छिन् । भूकम्प गएदेखि सान्नानी कुनै छोराको घरमा बस्न मानेकी छैनन् ।

‘म बारीकै पाटामा मर्छु तर घर भित्र जान्न’ उनले छोराहरु सबैलाई सँगै राखेर भनिन्, ‘मलाई घरभित्र लैजान बल नगर । तिमीहरू लाखापाखा लाग्छौ, भूकम्प आयो भने म भाग्न सक्दिनँ।’

सान्नानीले १९९० सालको भूकम्प पनि व्यहोरिन । त्यसबेला उनी १६ वर्षकी थिइन् । दुवै कान कम सुन्ने हुँदा ऊ बेलाको कुरा गर्न मुस्किल भयो । उनी नजिक बसेर अरुले धेरै बोल्दा उनी झर्को मान्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: