महिलालाई बन्धक बनाइ याैन शाेषण गर्ने पक्राउ


प्रकाशित मिति :2015-05-20 15:31:28

महिला खवर

झापा, जेठ ६ । सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई  महिलालाई बन्धक बनाएर होटलमा यौनधन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मेची टप होटलका सञ्चालक डिजाइन राजवंशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

राजवंशीले इटहरी निवासी २२ र सुरुङ्गा निवासी २३ वर्षीया दुई महिलालाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: