महिला र बालिकाका निम्ति स्वास्थ्य सेवा पुर्याउन बेलायती सहयोग


प्रकाशित मिति :2015-05-20 18:45:32

महिला खबर

international-development-011ललितपुर, जेठ ६। बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री जस्टिन ग्रिनिनले विनाशकारी भूकम्पपछि बालिका र महिलाजस्ता संकटग्रस्त समूहको स्वास्थ्य सेवालाई सहज र सुनिश्चित गर्न नेपालका हजार अस्पतालहरूको पुनःनिर्माणमा नेतृत्व लिने बताएकी छिन्।

बेलायती सहयोग नियोग (डिफिड)ले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, नेपाल पुनस्र्थापनाको चरणमा प्रवेश गरेको यो स्थितिमा बालबालिकाहरूको खोप, सुरक्षित प्रसूति सेवालाई निरन्तरता दिन थप १ करोड पाउन्ड (करिब १ अर्ब ४९ करोड रुपैयाँं) सहयोगको घोषणा गरेको छ।

‘स्वास्थ्य क्षेत्रप्रतिको बेलायतको दीर्घकालीन प्रतिवद्धता अनुरुप भूकम्प लगत्तै डिफिडकै खर्चमा स्वास्थ्यकर्मीहरू पठाइएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

डिफिडका अनुसार, मनसुन आउनुअघि करिब २ हजार गर्भवतीहरूले शिशुहरूलाई जन्म दिने छन्। ‘भूकम्पपछिको तनावका कारण असमयमै केही शिशुहरू जन्मन सक्ने छन्’ डिफिडले भनेको छ, ‘बेलायतको महिलाहरूलाई सुरक्षित मातृत्व र शिशुहरूको स्याहारमा मद्दत पुग्नेछ।’

डिफिडले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) मार्फत् भूकम्प पीडित महिला तथा बालिकाहरूका निम्ति १५ हजार ‘डिग्निटी किट्स्’ समेत उपलब्ध गराउने जनाएको छ। यो सहयोग अन्तर्गत सल, सारी, साबुन, फ्ल्यासलाइट, टुथपेस्ट, स्यानिटरी न्यापकिन्सका साथै आधारभूत कपडाको व्यवस्था गरिने छ। ‘यसले महिला र बालिकाहरूलाई सुविधा र सम्मान दुबै मिल्नेछ,’ डिफिडले भनेको छ, ‘यी सामान वितरण गर्नुका साथै युएनएफपिएका कर्मचारीहरूले संरक्षण र सुरक्षित रहनका निम्ति परामर्श पनि दिने छन्।’

नेपालको भूकम्पपछि ल्याएको ३३ मिलियन सहयोगले राहत कार्यमा सबैभन्दा ठूलो दाताको स्थानमा बेलायतलाई राखेको डिफिडले जनाएको छ।

‘मैले भेटेका नेपालीहरूमा पीडाबाट अघि बढ्ने उल्लेख्य क्षमता पाएँ’ मन्त्री ग्रिनिनले भनिन्, ‘उनीहरूले सम्पूर्ण चिज गुमाएका भए पनि उनीहरूलाई शून्यबाट फेरि आफ्नो जीवनलाई पुनस्र्थापित गर्न प्रतिवद्ध पाए। उनीहरूलाई यसका निम्ति बेलायती सहयोगले मद्दत पुर्याउनेछ।’

बेलायती सर्वसाधारणले अपिल गरी ५० मिलियन पाउन्ड सहयोगको लागि उठाएको समेत मन्त्री ग्रिनिनले उल्लेख गरेकी छिन्।

बेलायतले गरेको १० मिलियन पाउन्डको घोषणाले एक वर्षका लागि जीवनदायिनी स्वास्थ्य सेवाका लागि क्षतिग्रस्त जिल्लाहरूलाई सहयोग पुग्नुृका साथै संकटमा घाइते भएको १८ हजार व्यक्तिलाई अत्यावश्यक सेवा, १ हजार क्षतिग्रस्त स्वास्थ्य सुविधाहरूको पुनःनिर्माण, विस्थापित महिला र बालिकालाई हिंसाबाट जोगाउन संकट केन्द्रहरूमा पहुँच र कानुनी परामर्शका लागि सहयोग गर्न पुग्ने समेत ग्रिनिनले जानकारी दिइन्। यसले ३ हजार बालबालिकालाई खोप र ४८ हजार महिलाहरूलाई परिवार नियोजनमा पहुँच समेत दिने छ।

मन्त्री ग्रिनिनले क्षतिग्रस्त चौताराको भ्रमण गरेर घर ध्वस्त भएका व्यक्तिहरूलाई समेत भेटेर बेलायतले प्रदान गरेको अस्थायी सुविधामा उनीहरू कसरी बसेका छन् भन्ने अवलोकन समेत गरेकी थिइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: