महिला खवर
ललितपुर,जेठ ७। वैशाख १२ गतेको विनाशकारी महाभूकम्प र त्यसपछि गएका दुई ठूला पराकम्पनबाट अहिलेसम्म ८ हजार २ सय ७१ जनाले ज्यान गुमाएका छन्। बिनाशकारी भूकम्पबाट ज्यान गुमाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुषले ज्यान गुमाईसकेका छन्। तर, काठमाडौंमा ज्यान गुमाउने महिला भन्दा पुरुष १२ प्रतिशतले धेरै छन्।
देशका विभिन्न भागमा गएको विनाशकारी महाभूकम्पबाट अहिलेसम्म २१ हजार सात सय ७७ जना घाइते भएका छन्।
भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा १ हजार ७२६, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ३८९, पश्चिम क्षेत्रमा ४५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेमा उपत्यकामा १२ हजार ७७३, पूर्व क्षेत्रमा ४५१, मध्य क्षेत्रमा ७ हजार १८३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
Comment Here!