महिला खबर
डोटी, जेठ ७। छाउपडी प्रथा अन्त्य गर्न डोटीमा पाँच वर्षे रणनीति बनाइएको छ। महिला तथा बालबालिका कार्यालय डोटीको पहलमा यस्तो रणनीति बनाईएको हो।
जिल्लास्थित राजनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समूदायका प्रतिनिधिलगायतको सहभागितामा भएको बृहत छलफलबाट रणनीति बनाईएको महिला बालबालिका कार्यालय डोटीले जनाएको छ। छाउपडी कुप्रथा मुक्त व्यवहार, डोटीबासीको सरोकार भन्ने नारासहित यो रणनीति तयार गरिएको हो।
डोटीका ५० गाविस र १ नगरपालिकाले समेत छाउपडीविरुद्ध विभिन्न कार्यक्रम गरी छाउपडी कुप्रथा मुक्त जिल्ला बनाउन आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
Comment Here!