महिला खवर
काभ्रे, जेठ ७। तराई मानव अधिकार रक्षक थर्ड एलायन्स क्षेत्रीय कार्यालय नेपालगञ्जले सुत्केरी तथा अन्य महिलालाई प्राथामिकतामा राखी राहत वितरण गरेको छ। वैशाख १२ गते गएको महाभूकम्पले सबै भन्दा वढी क्षति पुर्याएको जिल्ला सिन्धुपाल्चोक र काभ्रेका सुत्केरी र अन्य महिलालाई राहत वितरण गरेको हो।
सञ्जालका क्षेत्रीय संयोजक आलम खानको नेतृत्वमा गएको टोलीले काभ्रेको लथी र सिन्धुपाल्चोकको र्गोथली गाविसका सुत्केरी महिलालाई सिरक, डसना, स्यानीटरी प्याड, खाद्यन्न र बच्चाका लागि न्यानो कपडा पाललगायतका सामग्री वितरण गरेको छ।
राहत सामग्री पुग्न नसकेको काभ्रेको थली गाविसका स्थानियले आफ्नो ठाउँमा पहिलो पटक राहत टोली पुुग्दा खुसी भएको थिए। जिल्लामा कतै राहत वितरण दोहोरिएको र कतै नपुगेको भन्दै स्थानीयले गुनासो गरेपछि राहत लिएर सो गाविसमा पुगेको थर्ड एलाएन्सले जनाएको छ।
Comment Here!