पीडितलाई पीडितको सहयोग


प्रकाशित मिति :2015-05-21 13:58:56

भेषराज बस्नेत
flod victimsनेपालगन्ज, जेठ ७। बाँकेका बाढी पीडित महिलाले भूकम्प पीडितका लागि राहत संकलन गरेका छन्। राप्ती नदी गाउँमा पसेर ठूलो धनजनको क्षति व्यहोरेका फत्तेपुरका महिलाले राहत संकलन गरेका हुन्।

‘आपत विपद् कस्तो हुन्छ भन्ने हामीले बुझेका छौँ, हामीलाई बाढीले तहस नहस बनाउँदा देशभरीबाट सहयोग आएको थियो।’ फत्तेपुर ९ ढलैयास्थित मखमली महिला समूहकी अध्यक्ष उमा बिष्टले भन्नुभयो–हामीले ठूलो सहयोग गर्न सक्ने अवस्था छैन तर पनि मुलुकमा यस्तो विपद् पर्दा राहतका लागि दिदीबहिनीले सहयोग संकलन गरेका हौँ।’

अहिलेसम्म फत्तेपुरमा रहेका करिव १५ वटा महिला समूहले राहत संकलन गरेका छन्। बहुमुखी सेवा केन्द्र बाँकेले सञ्चालन गरेको परियोजना अन्तर्गत फत्तेपुरमा १ सय १ महिला समूह क्रियाशिल रहेका छन्।

प्रत्येक समूहबाट करिव १ हजारको दरमा राहत संकलन भईरहेको कोसेली महिला समूहकी अध्यक्ष बेलमती थारुले जानकारी दिनुभयो। सबै समूहको राहत रकम संकलन हुँदा करिव १ लाख रुपैयाँ जम्मा हुने उहाँले बताउनुभयो।

‘यति रकम उठाउनु पर्ने भन्ने छैन, तालिम सञ्चालन भएका समूहमा खाजा खाने पैसा राहतका रुपमा संकलन भएको छ।’–बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभातकुमार ठकुरीले भन्नुभयो –’तालिम सञ्चालन नभएका समूहमा आवद्ध महिला दिदीबहिनीले घरबाटै रकम संकलन गर्नुभएको छ।’

भूकम्प प्रभावितका लागि बाँकेबाट ९४ लाख ९३ हजार ६ सय ३८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। निजामती कर्मचारी, विभिन्न संघसस्था, उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा गरी नगदसहित खाद्य, गैर खाद्य सामाग्री पठाइएको हो। निजामती कर्मचारीका तर्फबाट सवै भन्दा बढी ६२ लाख ९५ हजार कोषमा जम्मा गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: