धर्म छोरी वलात्कार गर्नेलाई साढे आठ वर्ष कैद


प्रकाशित मिति :2015-05-21 15:17:33

रमला सिंगक

Rapistविराटनगर, जेष्ठ ७। धर्म छोरीलाई वलात्कार गरेको आरोप पुष्टि भएपछि ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्मालाई मोरङ जिल्ला अदालतले ७५ हजार रुपैयाँ जरिवाना सहित साढे आठ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायधिस शेखरप्रसाद पौडेलको इजलासले ६ महिनादेखि विचारधीन मुद्दामा जेठ ६ गते फैसला गरेको श्रेस्तेदार ध्रुवकुमार ढकालले जानकारी दिनुभयो।

धर्मवाबु रहेका गोपाल शर्माले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै १५ वर्षीया धर्मछोरीले २०७१ भदौ ३१ गते प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो। जाहेरीउपर अनुसन्धान गरी प्रहरीले असोज १ गते जिल्ला अदालत मोरङमा हाडनाता जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो।

आफूविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता भएको थाहा पाएपछि फरार शर्मा मंसिर ११ गते अदातलमा हाजिर भएपछि उनलाई अदालतले १२ मंसिर ०७१ मा पूर्पक्षका लागि कारागार पठाएको थियो। निरन्तर सुनुवाई हुनुपर्ने संवेदनशील उक्त मुद्दामा प्रतिवादी कानुन व्यावसायीहरूले पटक पटक पेशी सारेपछि अदालतले पेशी नर्सान २०७१ चैत्र १८ गते कानुन व्यावसायीलाई आदेश पनि गरेको थियो।

अभियुक्त शर्माले मुद्दा मिलापत्र गराउन पीडितपक्षलाई लाखाैँ रुपैयाँको प्रलोभन देखाएपनि पीडित पक्षले अस्विकार गरी शर्मालाई सजायको माग गरेका थिए। शर्मालाई पक्राउ गर्न विराटनगरका महिला र मानवअधिकारकर्मीले पटक पटक दवाव दिएका थिए। चौतर्फी दवाव परेपछि शुरुमा फरार रहेका शर्मालाई पक्राउ गर्न प्रहरी भारतको असामसम्म पुगेको थियो। प्रहरीवाट जोगिन नसक्ने भएपछि शर्माले २०७१ चैतमा अदालतमा आत्मसर्मपण गरेका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: