बोक्सी अाराेपमा मानव मलमुत्र खुवाईयो


प्रकाशित मिति :2015-05-21 15:44:02

महिला खवर
sunsariसुनसरी, जेठ ७। बोक्सीको आरोप लगाउँदै सुनसरीको सिमावर्ती गाविस कप्तानगञ्ज बस्ने ६५ वर्षीया जिरियादेवी मेहता र २६ वर्षीया छोरी अनितादेवी मेहतालाई छिमेकीले  कुटपीट गर्दै मानव मलमुत्र खुवाएर यातना दिएका छन्।

पीडित आमाछोरीलाई उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको छ। अस्पताल मै रहेको लैङिगक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रमार्फत उनीहरूको स्वास्थ्यलगायत मनोसमाजिक विमर्श र कानुनी उपचार गरिने छ।

आमाछोरीलाई बोक्सीको आरोप लगाएर छिमेकीले मानसिक र शारीरिक यातना दिँदै मानव मलमुत्र खुवाएपछि उनीहरूको मानसिक अवस्था समेत नाजुक भएको केन्द्रले जनाएको छ। उनीहरूलाई यातना दिँदै मलमुत्र खुवाउने छिमेकी विशेस्वर मेहता, चन्दन मेहता, कृष्णदेव मेहतालगायत रहेको पीडितहरूले बताएका छन्।

पीडित जिरियादेवी मेहता र अनितादेवी मेहता

गत शुक्रबार भैंसी बाध्ने किलाको निउमा छिमेकीसँग झगडा भएको र ‘तिमीहरु बोक्सी हौ’ भनेर कुटपीट गर्दै मानव मलमुत्र खुवाईएको पीडितहरूले बताए। इनरुवा अस्पतालकी डा.बिभा मण्डलले पीडितहरूलाई मनोविमर्श र स्वास्थ्य उपचार समेत गरिरहेको बताउनुभयो। अनिता र जिरियाको हातमा धारिलो वस्तुले समेत चिरेको देखिएको मनोबिमर्शकर्ता मीना भण्डारीले बताउनुभयो।

आमाछोरीलाई छिमेकीको घरमा लगेर  सम्वेदनशील ठाँउमा कुटपीट गरी यातना दिएको र सोही घरमा बाधेर मलमुत्र खुवाईएको पीडितलाई उदृत गर्दै केन्द्रकी मनोबिर्मशकर्ता भण्डारीले जानकारी दिनुभयो।

पीडितहरूले न्याय दिनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिहं चौधरीले घटना बोक्सीको आरोप नभई भैंसीलाई बाध्ने किल्लाको विषयमा भएको  दावी गर्नुभयाे। चौधरीले पीडक भनिएकाहरू पनि पीडित हुनसक्ने प्रतिकृया दिनुभयो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले दावी गरेको छ। पीडित पक्षले भने आफुहरू कम्जोर भएकाले प्रहरीले पीडकको पक्षमा वकालत गरेर दवाव दिएको गुनासो गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: