भूकम्प पीडित पत्रकारका लागि राहत काेष स्थापना


प्रकाशित मिति :2015-05-22 11:11:35

महिला खवर
Mahendra bistकाठमाडौं,जेठ ८ । भूकम्पबाट अति प्रभावित जिल्लाका पत्रकारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले राहत कोष खडा गरेको छ । भूकम्पबाट प्रभावित पत्रकारलाई थोरै भएपनि राहत पुर्‍याउने उद्देश्यले महासंघ र काउन्सीलले ६ लाख ४० हजार रुपैयाँ बरावरको कोष खडा गरेको महासंघ अध्यक्ष डा महेन्द्र बिष्टले जानकारी दिनुभएको छ ।

सदरमुकाम नै ध्वस्त भएका दोलखा र सिन्धुपाल्चोक शाखालाई एक लाख रुपैयाँका दर दिने निर्यण भएको अध्यक्ष विष्टले बताउनु भयो ।

यसैगरी गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे, रामेछाप, सिन्धुली, मकवानपुर, ओखलढुंगा, सोलुखुम्बू र लमजुङ शाखालाई ४० हजार रुपियाँका दरले काउन्सिल र महासंघको संयुक्त टोली सहयोग गर्न जिल्ला पुगेको उहाँले जानकारी दिनुभयो ।

कोषको लागि नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले ३ लाख २० हजार रुपैयाँ का दरले कुल ६ लाख ४० हजार रुर्पैयाँको कोष खडा गरेको हो । सो सहयोग महासंघका सम्बन्धित शाखाले निर्णय गरी भूकम्प पीडित पत्रकारको हितमा कोष खडा गरेर संम्भव भए शाखाबाट रकमथपी प्रभावित पत्रकारलाई सहयोग गर्न निर्देशन दिएको उहाँले बताउनु भयो । उहाँले सुरक्षित रहेर समाचार संकलन गर्न सबै पत्रकारलाई अनुरोध समेत गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: