भुइँचालोपछि अब बाघको डर


प्रकाशित मिति :2015-05-22 12:15:05

सुमित्रा केसी
kavreकाभ्रे, जेठ ८। मध्यरात भइसकेको थियो केही व्यक्ति फ्वाँफ्वाँ निदाइरहेका थिए। उनलाइ भने पटकै निन्द्रा लागेन। लागोस् पनि कसरी? खुल्ला आकासमा बासमा ढुक्क भएर निदाउन सकिन्न। उनी कोल्टो फेर्दै थिइन। यतिकैमा ‘आयो आयो’ भन्ने आवाज निकाल्दै छिमेकी दौडिए। उनले भूकम्प आयो भन्ने ठानेर सबै जनालाई उठाइन्। सबैजना खुला चौरमा निस्किए। केही बेरपछि थाहा भयो भुँइचालो होइन बाघ आएको रहेछ।
भूकम्पले मानसिकता बदलिदिएको छ। जतिखेर पनि भुइँचालो आयो कि भन्ने डर यथावत् छ। भूकम्प आओस् कि नआओस् ‘आयो’ भन्ने शब्द सुन्ने बितिकै मानिसहरू त्यतिकै दौडिहाल्छन्। काभ्रेको लथी गाविसकी सावित्रा भुजेलको घर वैशाख १२ गतेको विनाशकारी भुइँचालोले घर चर्किएपछि परिवार खुला आकासमुनि बस्दै आएको छ। खुला आकासमा बास बस्दा बाघलगायतका जंगली जनावरका साथै हावा, हुरी र वर्षाको पनि उत्तिकै डर छ।
‘बाहिर बस्दा बाघ आउने हो कि घरभित्र चोर पस्ने हो कि’ सावित्राले भनिन्, ‘घरभित्रै बस्दा भुइँचालोले भत्किने हो कि भन्ने डर छ।’
डरैडरले उनी ढुक्कले सुत्न पाउदिनन्। जंगलका बाघदेखि समाजका चोरहरूसम्मको डर छँदैछ त्यसमाथि खुला ठाउँमा बस्ने महिला र बालिकाहरूमाथि दुर्व्यवहारको डरले पनि उनलाई निद्रा लाग्दैन।

भुँचालोजस्तो आपद आइलागे पनि बिहानबेलुका खाना बनाउन पनि पुरुषहरूले सघाउँदैनन्। भत्केका घरभित्र पनि तिनै महिला पसेर भात पकाउँछन्। पुरुषहरू कि तास खेलेर बसेका हुन्छन् कि गफ चुटेर साथीभाइहरूसँग आनन्द लिइरहेका हुन्छन्।

‘बिहान बेलुका खाना बनाउनलाई कसरी भित्र जानु भन्ने टेन्सन (तनाव) हुन्छ’ सावित्राले भनिन्, ‘के गर्नु खाना खानै पर्‍यो, यही पेटको लागि यस्तो दुःख गर्नु परेको छ। भूकम्प आयो भने अरु त भागी हाल्छन्। हामीले त खाना बनाएर अरुलाई खुवाउनु पर्‍यो। भाग्न पनि सकिदैन।’
उनले मलिन अनुहार पारेर भनिन्, ‘शान्त मनले बस्न पाइदैन।’

सावित्राको घर घना जंगलसँग जोडिएको छ। यसै पनि यहाँ पहिलेदेखि बाघको बिगबिगी छ। राति घरैमा सुत्न पाउँदा सुरक्षित महसुस गर्ने उनीहरूलाई बाघको भयले भने आतंकित पारेको छ।

सरकारले घर बनाउने पैसा दिए चाँडै बनाएर आनन्दले बस्न पाइन्थ्यो भन्ने उनको आग्रह थियो। ‘सरकारले एउटा चाउचाउ त दिएको छैन, के आश गर्नु?’ उनले निराश हुँदै भनिन्, ‘खै घर बनाउने पैसा सरकारले देला भन्ने के आशा गर्नु?’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: