जब महलमा बस्नेहरूको आश्रय सुकुम्बासी वस्ती बन्यो


प्रकाशित मिति :2015-05-22 13:17:43

कमला चौधरी

DSC03140

काठमाडौ­, जेठ ८। राजधानी काठमाडौंका गगनचुम्बी महलमा बस्नेहरूका निम्ति अहिले भुइँतला वा जमिनमा पाल टाँगेर बस्न पाउनु ठूलो सौभाग्यजस्तो भएको छ। तर, जो सधैँ साना छापा वा एकतले घरमा बस्थे तिनले महलमा बस्नेहरूले भन्दा मीठो निद्रा लिइरहेका छन्।

काठमाडौंमा यस्ता कैयन सुकुम्बासी बस्छी छन्, जहाँ भुइँचालोले हल्लाए पनि मानवीय क्षति गरेको छैन। वैशाख १२, त्यसको भोलिपल्ट र वैशाख २९ मा आएका तीन शक्तिशाली धक्काबाट सुरक्षित रह्यो थापाथलीको सुकुम्बासी बस्ती। त्यसो त अहिलेको सरकारले उनीहरूलाई हटाउन यसअघि कोसिस नगरेको होइन।

सुकुम्बासी बस्तीका यी बासिन्दाहरूको दैनिक क्रियाकलापमा कुनै अवरोध आएको छैन। महिना बित्न लाग्दा पनि उनीहरू ठूला घरमा बस्नेहरूजस्तो आतंकित छैनन् । डर विनै बालबालिकाहरू बस्तीमै खेलिरहेका देखिन्छन्।

थापाथली सुकुम्बासीकै बेलमाया तामाङले अरुले जस्तै पाल टागेर बस्नु परेन । पूर्वी पहाड सोलुखुम्बुबाट २०६१ सालमा काठमाडौ छिरेकी उनले पहिलो पटक २०६९ पुस ६ गते साँझ ६ बजे भूकम्प महसुस गरेकी थिइन् ।

११ वर्षदेखि सुकुम्बासी बस्तीलाई आफ्नो थातथलो मानेर बस्दै आएकी बेलमाया वैशाख १२ को भुइँचालो जॉदा दुई सन्तानलाई नुहाइदिएर खाना खान झुपडी भित्रै छिरेकी मात्र थिइन् । ‘एकछिन् हल्लायो, झुपडी भत्केला भन्ने डर मनमा थियो, भत्केन’ उनले भनिन्, ‘छानो हुरीले नउडाओस् भनेर राखेको ढुङगा पनि खसेन ।’

थापाथली सुकुम्वासी बागमतिको किनारमा बस्ने लक्ष्मी राईलाई डर लागेन ।  भूकम्प आउ‘दा झुपडी भित्रै सुतिरहेको थिईन । एक्काएक खाट हल्लियो । तर बाहिर निस्किएन, राईले भनिन्,‘भको यै सानो झुपडी हो ,हल्लायो, कहॉ जानु,जाने ठॉउ छैन, पिर र डर बालबच्चाको थियो । उनले भनिन्,गरिवलाई कसैले नहेरे भगवान्ले हेर्छन् ।’

शंखमुलको सुकुम्वासी बस्तीका तिलक विश्वकर्माको परिवार पनि सुरक्षित रहे । घर निर्माणको काममा सक्रिय उनी भूकम्प जादा सुन्धारामा बनिरहेको घरको पर्खाल जोडिरहेका थिए । ‘त्यत्तिकैमा रिगंटा लाग्यो, भोकले चक्कर लाग्यो होला भन्ठानेको भूकम्प रहेछ’ उनले भने, ‘अगाडि जोडिसकेको पर्खाल गल्र्याम्म खस्यो । मलाई चाहि केही भएन ।’

त्यो बेला उनलाई आफ्नो घरको धेरै चिन्ता थिएन। छोरी र पत्नी दुबै सुरक्षित छन् भन्नेमा उनी ढुक्क थिए। ‘ढल्ने खस्ने हुदैन भन्नेमा म ढुक्क थिएँ,’ उनले भने।

अनुकम्पन आइरहदा पनि डर छैन त्यहॉका बासिन्दालाई । स­साना बालबालिका र वृृद्धबृद्धाहरु डर नमानी आफ्नै बस्तीमा रमाएका छन् । कदमको रुखमुनि सानो झुपडी बनाएर बसेकी ७० वर्षीया हरिकला राईलाई भूकम्पले हल्लाए पनि सुरक्षित रहिन्  । ‘झुपडी भित्रै थिएँ ,कहॉ जानु? ठूलो महल होइन् । सानो झुपडी भत्केला,चर्केला भन्ने कुनै डर छैन । यही सानो पालजस्तै घेरेर बसेको झुपडी खसेर मरिदैन क्यार,’ राईले भनिन् ।

बसन्तपुरमा कोठा भाडा लिएर बस्दै आएका दम्पत्ति हरि श्रेष्ठ र राधिका यतिबेला सबैभन्दा सुरक्षित बासका लागि थापाथलीको सुकुम्बासी बस्ती पुगेका छन् । उनीहरु बस्ने घर भत्किएपछि बास माग्दै त्यहॉ पुगेका हुन् । ‘धन्न यो सुकुम्वासी वस्तीमा बास पाएर बसिरहका छौ, ज्यान बच्यो’, हरि भन्छन्, ‘त्यो गुचुक्क परेका घरहरुको छेउछाउमा बस्नु भन्दा यहॉ सुरक्षित महसुस गरेका छौ ।’

जहिल्यै हेला गर्ने र त्यतातिर नाकमुख छोप्दै हिड्ने धेरै व्यक्तिहरूले अहिले सुकुम्बासी बस्तीलाई सुरक्षित बास मान्न थालेका छन्। ०६९ बैशाख २६ गते सरकारले थापाथलीको सुकुम्वासीलाई हटाउन बस्तीमा डोजर लगाएको थियो ।‘डेढ लाखको लगानी लगाएर चार कोठामाथि जस्तापाता राखेर बनाएको घर भत्काइदिए’ थापाथलीकै बासिन्दा रुद्र गिरी भने, ‘हाम्रो घरमा सरकारले डोजर चढायो, अन्यत्रै सार्ने कुरा आयो, कुरामा मात्रै सीमित रह्यो । अर्को ठॉउमा घर छैन यहीँ झुपडी बनाएर बसेको छु।’

यहाँ सुकुम्वासी बस्तीका बासिन्दा मात्र नभएर भूकम्प आएदेखि घर चर्केका घरधनी पनि त्यहॉ बास बस्न आएका छन् । त्रिपुरेश्वरका घरधनी हरि देवकोटाको तीन तले नया“ घर भूकम्पले चर्केको छ । धादिङको पुरानो घर भत्केको छ ।  परिवार सहित अहिले सुकम्बासी बस्तीमा छन् ।  ‘नयाँ घर भत्केला भन्ने डरले यही बस्न आएको छु’, देवकोटाले भने ‘कतै व्यवस्थित भएपछि यो बस्ती छोड्नु पर्ला ।’

थापाथली सुकुम्वासी बस्तीमा करीव २ सय २० वटा झुपडी छन् । बस्ती अध्यक्ष चन्द्रबहादुर तामाङले सुकुम्बासी बस्तीमा भुकम्पले कुनै पनि छाप्रो नढलेको र धनजनको क्षति नभएको बताए । भूकम्पले बुद्धनगरको शंखमुल, बल्खु, कपनस्थित सुकुम्वासी बस्तीहरुमा पनि कुनै मानवीय क्षति भएको छैन । त्यहॉका बासिन्दाहरु डर र त्रास विना नै दैनिक क्रियाकलाप गरेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौंमा मात्रै ६४ ठाउँमा सुकुम्बासी बस्ती छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: