विश्व मै महिलाको हत्या बढेकोमा चिन्ता


प्रकाशित मिति :2015-05-22 13:52:38

यून न्युज सेण्टर

yuriअष्ट्रिया, जेठ ८। विश्वव्यापी रुपमा महिलाको हत्या भइरहेको खबर आइरहेका भन्दै संयुक्त राष्ट्र संघ अपराधविरुद्धका प्रमुखले यसको तुरन्त अन्त्य गर्न आव्हान गरेका छन्। अष्ट्रियाको भियनामा भईरहेको अपराध नियन्त्रण र फौजदारी न्याय सम्बन्धी आयोग को २४ औं सत्रमा बोल्दै संयुक्त राष्ट्र संघका अपराध तथा लागु औषध विरुद्ध (यूनओडीसी) का कार्यकारी निर्देशक यूरी फीडोटभले विश्वव्यापी रुपमा ठुलो संख्यामा महिलाको हत्या हुने गरेको भन्दै यसको अन्त्य तुरुन्त हुनपर्नेमा जोड दिए। महिलामाथि हुने हरेक प्रकारका हिंसा हामी सबैका लागि लाजमर्दो विषय हो’ उनले भने।

यूनओडीसीका अनुसार सन् २०१२ मा विश्वमा ४३ हजार महिलाको हत्या उनीहरूको श्रीमान र नजिकका नातेदारहरूबाटै भएको थियो। यस्तो नृशंस खालको अपराधले लाखौं महिला कसरी बाँचिरहेका छन् भन्ने कुराको सकेंत गरेको र दिनहुँ यस्ता घटनाले महिलाको जीवन अभिसाप बनाएको उनले बताए ।

सम्बोधनका क्रममा उनले यस्ता घटना गाउँ, बजार, विद्यालय, सार्वजनिक र कार्यस्थल र घरभित्रै भईरहेको बताए।
यूरी फीडोटभ भने ‘कुनै पनि समाज यस्ता घटनाबाट मुक्त छैनन्, त्यसैले यो समस्याको समाधानका लागि हामी सबै जिम्मेवार हुनुपर्छ। कुनैपनि महिलाले आफू असुरक्षित भएको महशुस गर्न नपरोस्।’ त्यसैले महिलाको सुरक्षा मात्र नभई उनीहरूलाई समान अवसर, समानता र समृद्धि र संरक्षणमा सहयोग गर्नुपर्छ।’

मे २० र २१ तारिकमा अष्ट्रियाको भियनामा अपराध नियन्त्रण र फौजदारी न्याय सम्बन्धी आयोग को २४ औं सत्र सम्पन्न भएको थियो।

तस्बिरः यून न्युज सेण्टर

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: