महिला खवर
मोरङ, जेठ १० । मोरङको बेलबारीमा एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको भन्दै परिवारले घर निकाला गरेका हुन् ।
ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले निकालेपछि उनी धनुषाको मझेलीयामा रहेकाे माइतीघरमा बस्दै आएकी छ । चार वर्षअघि बेलबारीका ललन रायसँग उनको विवाह भएको थियो । उनकी श्रीमान ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ ।
Comment Here!