भूकम्पपछि नाकाहरूमा चहलपहल बढ्यो


प्रकाशित मिति :2015-05-24 13:14:21

महिला खवर

नेपालगन्ज, जेठ १०। महाभूकम्प प्रभावित क्षेत्रका महिला वेचविखनको जोखिममा रहेका भन्दै नेपालगन्जका नागरिक समाजले चिन्ता गरेका छन्। भूकम्प प्रभावित जिल्लाका महिला रोजगारको प्रलोभनमा नेपालगन्ज नाका हुँदै भारत जानेक्रम बढेको उनीहरूले बताएका छन्।

वैशाख १२ गतेको महाभूकम्प यता जोखिमपूर्ण यात्रामा रहेका ६८ जना महिलालाई नेपालगन्जस्थित जमुनाह नाकाबाट फर्काईएको छ। ६८ जनामध्ये १७ जना महिला भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरका रहेको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो। १७ जना मध्ये १५ जनालाई घरपरिवारसँग सम्पर्क गरी पारिवारिक पुनर्मिलन गराएको र २ जना अहिले पनि आवधिक गृहमा रहेको कोईरालाले बताउनु भयो।

नेपालगन्ज नाकालाई पछिल्लो पटक दलालले प्रयोग गर्ने गरेको भन्दै मानव वेचविखनको उच्च जोखिममा रहेका बाँकेको ग्रामिण क्षेत्रमा मानव वेचविखनविरुद्ध युवा परिचालन अभियान गरिएको छ।

मानव बेचविखनविरुद्ध जिल्लामा क्रियाशिल संघ–संस्था र मानव बेचविखन तथा ओसारपसार विरुद्धको जिल्लास्तरीय समितिको अग्रसरतामा यस्तो अभियान सञ्चालन गरिएको हो। ग्रामिण क्षेत्रका युवालाई मानव बेचविखनविरुद्ध महिला बालबालिकामा आधारित मानवअधिकारमुखी क्रियाकलापहरू युवामार्फत प्रभावकारी रुपमा संचालन गरिएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवरले जानकारी दिनुभयो।

युवाहरूलाई श्रव्यदृश्य सामग्रीमार्फत मानव बेचविखनको अवस्था, वेचविखनका लागि दलालले अपनाउने तरिका, सम्पर्क स्थानहरू, कानुनी व्यवस्था, बैदेशिक रोजगार , सुरक्षित वसाईसराई र मानव बेचविखनविरुद्ध युवाहरूको भूमिकालगायतको वारेमा पूर्णरुपमा प्रशिक्षण दिएर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।

युवाहरूले मानव बेचबिखनविरुद्ध सक्रिय भई व्यक्तिगत र सामूहिक रुपमा गर्न सकिने काम र कार्ययोजनासहित अभियानमा लागेको माईती नेपालका संयोजक कोईरालाले जानकारी दिनुभयो।

व्यक्तिगत तवरबाट गर्न सकिने काममा आफू सचेत रहि परिवार र साथीहरूलाई सचेतना फैलाउने, शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने, चोक, चौतारा पसल समेतमा मानव बेचविखनविरुद्ध छलफल एवं वहस संचालन गर्नेलगायतका कार्यहरु युवाले गाउँ क्षेत्रमा गर्दै आएको उहाँले बताउनु भयो।मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी यसको रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रम युवाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको वनकटवाकी धनसरा बुढा क्षेत्रीले जानकारी दिनुभयो।

‘मानव बेचविखनको समस्या बहिर सुनिएको र सोचेको भन्दा भयानक रहेका पाईएको छ’–महादेवपुरीका छक्कबहादुर वि.क.ले भन्नुभयो, ‘महिला बालबालिका प्रतिकोे समाजको सोच र दृष्टिकोणमा परिवर्तन ल्याई मानव बेचविखनविरुद्ध युवाहरू जिम्मेवार र व्यवहारिक रुपमा क्रियाशिल रहेका छौँ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: