दुर्गम मानेगाउँका महिलाको राहतमा सक्रियता


प्रकाशित मिति :2015-05-24 14:14:12

चीना थापा
unnamed (1) ललितपुर, जेठ १० । नुवाकोटको काउले गाविसकी अगुवा महिला मायादेवी हरेक दिन भूकम्प प्रभावित सबै गाउँलेको घाउँमा मलम लगाउन अग्रसर छिन्।
उनको घर बस्न नमिल्ने गरी भत्किएको छ। त्यहाँको अन्नपात झिक्न सक्ने स्थिति छैन। ‘आफ्नै घरको अन्नपात झिक्न सक्या छैन्’, उनले भनिन्, ‘अहिलेसम्म राहतको चामल खाइरहेका छौँ।’

आफैँ भूकम्प पीडित भए पनि मायादेवी त्यहाँका भूकम्प पीडितको सेवाको लागि हरबखत लागि पर्छिन्। उनले आफ्नै बारीमा त्रिपाल राखेर वरिपरी, छरछिमेकीलाई आश्रय दिएकी छिन्। आफैले खाना खुवाएर राखेको छिन्। ‘म आफै भूकम्प पीडित हो, घर भत्किएको छ’, उनले भनिन्, तर, म भन्दा पीडित अरु छन्। आफ्ना सन्तान गुमाएका छन्। घर पूर्ण रुपमा ध्वस्त भएका छन्। म भन्दा पनि पीडित त अरु छन् भनेर सकेको सहयोग गर्न लागि परेको छु।’

हामीले धनले मात्र हैन्, मनले पनि सहयोग गर्न सक्छौ उनले भनिन्। ‘यस्तो विपत्तिको समयमा सानो सहयोग गर्न सके पनि पीडितले राहत पाउँछन्’, माया देवी भन्छिन्, ‘हाम्रो त दुर्गम गाउँ छ, बाटो देखेर नै मान्छेहरु डराउँछन्। अहिले पनि राहत आउँछ, मान्छे आउँदैनन्। अहिलेसम्म यहाँ आएका राहत सामग्री हामीले नै वितरण गरिरहेका छौँ।’

मायादेवीको समय घरमा भन्दा बढी भूकम्प पीडितसँग बित्छ। उनले सहकारी मार्फत पनि ५ सय ३० वटा त्रिपाल भूकम्प पीडितहरूलाई वितरण गरिसकेकी छिन्। जो वास्तविक पीडित छ, उसैलाई राहत वितरण गर्ने गरेको उनले बताइन्। राहत वितरण तथा भूकम्प पीडितलाई सहयोग गर्न उनले सहकारीका कर्मचारी तथा सेयर सदस्यलाई पनि खटाएकी छिन्। ‘आफू भन्दा बढी पीडितलाई हामीले सहयोग गर्नुपर्छ,’ उनले भनिन्।
हामीले सहयोग गर्ने यस्तै बेलामा हो। ‘अहिले नगरे कहिले गर्ने? हामीले सहयोग गर्ने नै विपत्तिको बेला हो, अरु बेला त सबैले आ–आफ्नै गरेर खाएकै थिए’, उनले भनिन्, ‘अरु बेला पनि दुःख परेकालाई हेरिरहेका थियौँ। अहिले झन सबै पीडित छन्। सबैलाई सकेको सहयोग हाम्रो तर्फबाट गरिरहेका छौँ।’

लोमा तामाङ माने गाउँकी एकल महिला हुन्। उनको सक्रियता देख्दा त्यहाँका पुरुष पनि अचम्म पर्छन्। उनी घरको काम भ्याएर त्यहाँका अन्य भूकम्प पीडितहरुलाई सहयोग गर्न पुग्छिन्। गाउँमा राहतको लागि कोही पुग्यो भने आफ्नो गाउँको आवश्यकताबारे उनी बताइहाल्छिन्।

तामाङ पनि भूकम्प पीडित हुन्। उनको पनि घर बस्न नहुने गरी भत्किएको छ। उनले आफ्ना सन्तान भने भूकम्पमा गुमाउनु परेन्। …अरुको देख्दा त हाम्रो केही भएको रहेनछ जस्तो लाग्छ’ उनले भनिन्, ‘मान्छेले सन्तान गुमाउनु परेको छ। घर ध्वस्त भएका छन्। अरुको देख्दा रुन मन लाग्छ। अरुको हेरी हाम्रो त केही भएको छैन। त्यसैले म सहयोग गर्न जान्छु।’

माने र काउले गाउँका महिलाको सक्रियता देखेर त्यहाँ पुग्ने जो कोही पनि अचम्म पर्छन्। महिलाले केही गर्न सक्दैनन् भन्नेहरु पनि त्यहाँ पुगेपछि महिलाले पनि गर्न सक्ने रहेछन् भन्ने अनुभूति गरेर फर्किनछन्। गाउँका केही बाहेक प्रायः पुरुषहरूले जाड खाएर होहल्ला मात्र गर्ने गरेको त्यहाँ पुग्ने सबैले अनुमान गर्न सक्छन्। उनीहरुको दिन काम भन्दा बढी कुरा मात्र गरेर बित्ने गरेको छ। कत्तिपय पुरुष तास खेलेर नै दिन बिताउने गरेको पनि त्यहाँका महिलाको भनाइ छ।

‘यस्ता पुरुष छन्, जो काम पनि गर्दैनन्, हामीले गरेको कामको जश पनि दिँदैनन्’ लोमा तामाङले भनिन्, ‘हामीले गरेको कहीँ जाँदैन्। यहीका पीडितलाई सहयोग गर्ने हो भनेर अरुका कुरा नसुनी हामीले सकेको गरिरहन्छौँ।’उनीहरुको सक्रियतालाई कतिपय महिलाले नै साथ दिएका छैनन्। महिलाले नै ‘पोथी बास्यो, अब के हुने हो’ भन्दै निरुत्साहित पार्न पनि खोजेका छन्। तर, उनीहरू यसो भनेर रोकिनेवाला छैनन्।
‘जे भने पनि हामी रोकिदैनौ’ तामाङले भनिन्, ‘हामी निरन्तर समस्या परेकालाई सहयोग गर्छौं।’

यी एकल महिलाहरूले सबल बनेर अरुलाई सहयोग गरे पनि हेप्नेहरूको कमी छैन। ‘झन एकल महिलालाई त धेरै हेप्छन्’, तामाङले भनिन्, ‘आफूले एकल हुँदा धेरै दुःख खेपेर यहाँसम्म आइपुगेकाले अहिले पनि विशेष गरी एकल महिलालाई सहयोग गरिरहेकी छु।’

उनीहरूले राहत नपाएका एकल महिलालाई राहत दिलाइदिने काम पनि गरिरहेका छन्। ‘एकलसँगै बढी दुःखमा परेकालाई सहयोग गरिरहेको छु र निरन्तर गरिरहनेछु,’ तमाङले भनिन्। काउले र मनकामना गाविसको माने गाउँका महिलाहरु भूकम्पमा परेर पीडित भएकालाई आलो घाउँमा मलम लगाउने काम एकदमै प्रशंसनीय काम भएको स्थानिय सूर्यमान तामाङले बताए। यो तामाङ समुदायको बस्ती माने गाउँका पुरुष भने दिउँसै रक्सी खाएर लड्ने गरेको उनले चर्चा गरे। ‘महिलाले सहयोग नगरेको भए माने गाउँका मानिसले अझ धेरै पीडा भोग्नुपर्थ्यो’, उनले भने, ‘यहाँका महिलाले धेरै सहयोग गरेका छन्।’

काउले र मनकामना गाविसको माने गाउँका महिलाहरुले जस्तै सक्रियता देखाएर काम गर्ने हो भने देशका धेरै ठाउँका भूकम्प पीडितले न्याय पाउने सूर्यमान तामाङको बुझाइ छ। यो विपत्तिमा पनि गाउँमा कसैले कसैलाई सहयोग नगरेको अवस्था छ। आफ्ना लागि दगुर्ने र अरुको दुःख देख्न नसक्ने पनि छन् उनले भने। ‘कसैको सहयोग नपाएका कारण अझै धेरै भूकम्प पीडितको बेहाल भएको सुनिन्छ’ तामाङले भने, ‘हाम्रो यहाँ महिलाले गरेको सहयोगका कारण अहिलेसम्म त्यस्तो बेहाल कसैको भएको छैन्। यसको श्रेय यहाँका सक्रिय महिलालाई जान्छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: