भूकम्पले अपाङ्गको अवस्था झन् दर्दनाक


प्रकाशित मिति :2015-05-24 16:19:28

मीना पाण्डे/

_06A0068

सिन्धुपाल्चोक बाह्रबिसेस्थित माइतीमा भाइसँग बस्दै आएकी ३२ वर्षीया सुनमाया विक अहिले बेसहारा भएकी छिन् । पति भारतमा जागिरे थिए । उनीसँगै भारतको एक कारखानामा काम गर्न गएकी सुनमाया जागिरकै सिलसिलामा कारखानामै करेन्ट लागेर घाइते भइन् ।
करेन्ट लागेर उनको एउटा हात कुइनाभन्दा तल काटिएको छ । खुट्टा पनि घिसारेर अलिअलि मात्र हिँडडुल गर्न सक्थिन् । अपागङ्ता भएलगत्तै पतिले पनि सौता ल्याएर छुट्टै बस्न थाले ।

एउटै सहारा भनेका पति पनि तीन वर्षअघि उनीबाट टाढिए । पतिले छोडेदेखि उनी माइतीमा भाइबुहारीसँग बस्दै आएकी थिइन् । वैशाख १२ गते शनिबार आएको भूकम्पले उनलाई पूर्ण रूपमा अशक्त बनाएको छ । माइतीको घर पूरै ढलेर उनलाई थिचेको थियो । दुई घन्टापछि उनलाई छिमेकीले भग्नावशेषबाट निकाले । अहिले उनी उठ्न–बस्न सक्दिनन् । वरपर सर्न पनि सहारा चाहिन्छ ।

सुनमाया गाउँकै छिमेकी एक महिलासँग उपचारका लागि २० दिनअघि काठमाडौं आएकी थिइन् । वीर अस्पतालमा सामान्य उपचारपछि उनलाई अस्पतालले डिस्चार्ज ग¥यो । त्यसपछि टुँडिखेलको पालमुनि उनको बास भयो ।
SUN MAYA B. K 3
भूकम्पमा घर भत्किएर पुरिँदा सुनमायाको कम्मर भाँचिएको छ । कम्मरदेखि तलको भाग उनी उठाउनै सक्दिनन् । स्याहारसुसार गर्ने मान्छे नभएर एक सहयोगीले उनलाई काठमाडांै टुँडिखेलमा ल्याएर राखिन् । भूकम्पबाट घाइते भएकाहरूसँगको भेटमा भूकम्पमा परी घाइते भएकी सुनमायाले १८औँ दिनमा बल्ल शौचालय प्रयोग गरेकी थिइन् । खान, बस्न राम्ररी पाएको हुँदा उनी गाउँ फर्कन मानेकी थिइनन् । गाउँमा उनी यही सहाराबाट पनि बन्चित हुन्छिन् ।

टुँडिखेलमै अपाङ्गता तथा घाइते भएकाहरूको पुनस्र्थापन तथा परामर्शका लागि सञ्चालन गरिएको हेन्डिक्याफ्ट शिविरमा भेटिएका पुष्कर नेवारले उनलाई यतै कुनै संस्थाको सेल्टरमा राख्नका लागि निकै कोसिस गरे । माइती नेपाल, साथी, पतञ्जलीलगायतका गैरसरकारी संस्थासँग आग्रह गर्दा उनीसँगै उनलाई हेरचाह (स्याहार) गर्ने एकजना सहयोगी भए मात्र आश्रय दिन मिल्ने बताए । संस्थामा कर्मचारीको अभावले यस्ता घाइतेलाई आश्रय दिन नसकिने साथी संस्थाकी निरीक्षक (सुपरभाइजर) रेणु शाहले बताइन् ।

उनीहरू रातभरि कुर्न र दिसा–पिसाब स्याहार्न नसकिने बताउँछन् । सुनमाया एकल छिन् । गाउँकै छिमेकी दिदीले आफ्ना बालबच्चा आफन्तको जिम्मा लगाएर उपचारका लागि यहाँसम्म ल्याएकी थिइन् । पुष्करले अहिले पनि उनलाई सेल्टरमा राख्न आफ्नोतर्फबाट पहल भइरहेको बताए । तर, सबैले कोटा सकिएको जनाएपछि सुनमाया त्यही घाइते शरीर लिएर फेरि सिन्धुपाल्चोकको बाह्रबिसे नै फर्कने भएकी छिन् । ‘गाउँमा गएपछि मेरो बिजोग हुन्छ,’ उनले भनिन् ।

SITA KHADKA
भूकम्पले कैयौँलाई सहाराविहीन बनायो । के महिला, के पुरुष, के धनी, के गरिब कसैलाई छोडेन यो विपत्तिले । भूकम्पका कारण धेरैले परिवारको सदस्य गुमाए । कतिले आफ्ना आडभरोसा नै गुमाउनुप¥यो । जाने त गइगए, तर भ्ू्कम्पमा परी बाँचेका हजारौँ घाइते पनि घर, गोठ, टहराले थिचेर अङ्गभङ्ग भएका छन् ।

१२ गतेको विनाशकारी भूकम्पमा १२ वर्षकी गरिमा शाहले आफ्नी प्रिय आमालाई गुमाइन् । भुइँचालोले गरिमाकी २९ वर्षीया आमालाई घर ढलाएसँगै परिवारसामु कहिल्यै नआउने गरी ढलाइदियो । त्यति मात्र कहाँ हो र भूकम्पले गरिमालाई पनि छोडेन । टीभी हेरेर बसेकी उनी एक्कासि आएको भुइँचालोमा परिन् । आफ्नो त घर ढल्यो नै उनीमाथि छिमेकीको घर पनि आएर खप्टियो । शनिबार भएकाले बुबा रामनाथ शाह छोरालाई लिएर बाहिर घुम्न निस्किएका थिए । बाटोमै भूकम्पले बाबुछोरालाई हल्लाउन थाल्यो । छोरा च्यापेर थचक्क बसेका रामनाथ भूकम्पको कम्पन सकिएलगत्तै दौडिँदै डेरातर्फ आए । डेरा बसेको घर पूरै गल्र्यामगुर्लुम डलेको थियो ।

श्रीमती, छोरी र भान्जीहरू कहाँ छन् कुनै अत्तोपत्तो थिएन । रामनाथको मुटु छिटोछिटो चल्न थाल्यो । हातखुट्टा लर्खराउन थाले । कालो र नीलो हुदै गरिमा, छोरी गरिमा भन्दै रुँदै बोलाउँदै थिए । एक्कासि ‘ड्याडी’ भनेको आवाज सुनियो । ‘ड्याडी म यहाँ छु’ भनेको गरिमाको आवाज सुन्नेबित्तिकै रामनाथ घरको भग्नावशेष खोतल्न थाले । भग्नावशेष खोतल्दै गरिमासम्म पुग्दा छोरीको कम्मरदेखि तलको भाग पूरै पुरिएको थियो । हात पनि थिचिएको अवस्थामा सुरक्षाकर्मीको सहायताबाट उनले छोरी गरिमालाई बाहिर निकाले, सकुशल होइन हातखुट्टा भाँचिएको अवस्थामा । घाइते गरिमाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । ‘यस्तो भएर बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो । ड्याडी मलाई ननिकालेको भए हुन्थ्यो, किन निकालेको भन्दै दिनरात रुन्छे । पिरले झन् बिरामी हुने भई मेरी छोरी,’ रामनाथले भने ।

एकातिर श्रीमती गुमाएको वियोग अर्कोतिर छोरीको चिन्ताले रामनाथलाई भित्रभित्रै पोलेको छ । अब त उनीसँग न बस्ने वास छ न त आडभरोसा दिने श्रीमती नै । एक्ली छोरीको पनि अवस्था यस्तो छ । भूकम्पले रामनाथको जीवनमा सोच्दै नसोचेको बज्रपात ल्यायो । असनको टेउडामा सानो पसल गरी गुजारा चलाउँदै आएका थिए । पसलसहित सामान पनि भुइँचालोले सबै पु¥यो । ‘अब यो छोरीको उपचार कसरी गर्ने । अनि यी दुई लालाबाला मैले कसरी पढाउने ? पुख्र्यौली सम्पत्ति पनि छैन । अहिलेसम्म त उपचारमा खर्च लागेको छैन, तर अब खुट्टाको एमआरआई गर्न अन्य अस्पताल लैजानुपर्छ रे । त्यहाँ यसको पैसा लाग्छ भनेको छ,’ रामनाथले सुनाए ।
_06A0093
सिन्धुपाल्चोक थाङपालधापकी सीता खड्का पनि भूकम्पबाट घाइते भएकी छन् । एक छोरा र एक छोरीकी आमा सीताको भूकम्पमा परी खुट्टाको हड्डी फुटेको छ । उनीसँगै उनका तीन वर्षका छोरा पनि घरमै पुरिएका थिए, तर उनलाई सकुशल निकालियो । अहिले सीता छोराछोरीसहित दिदीको सहारामा टुँडिखेलमा बस्दै आएकी छिन् । श्रीमान् भने गाउँमै पाल टाँगेर बसेका छन् ।

देशका विभिन्न भागमा गएको विनाशकारी भूकम्पबाट अहिलेसम्म २१ हजार सात सय ७७ जना घाइते भएका छन् । नेपालमा महिलाको सङ्ख्या ५१ प्रतिशत छ, त्यसमा पनि धेरै पुरुष जहान–परिवार गाउँघरमै छाडी धन कमाउन बिदेसिएकाले बालबच्चा र घरको जिम्मेवारी उनीहरूको काँधमा छ । जहाँको विध्वंसमा पनि प्रभावित महिलाको सङ्ख्या धेरै पाइन्छ ।

‘फरिया, साडीजस्ता अप्ठ्यारा पहिरनले पनि नेपाली महिलालाई तत्कालको विपत्तिबाट भाग्न अप्ठ्यारो परेको पाएका छौँ,’ राष्ट्रिय अपाङ्ग महिला सङ्घकी अध्यक्ष रमा ढकाल भन्छिन् । अचानक विपत्ति आउँदा बालबच्चा कहाँ छन्, पति कहाँ छन् भनी खोज्न जाँदा, चुलोचौकामा खाना पकाइरहेका बेला ग्यास, हिटर बन्द गर्न जाँदा पनि महिलाको ज्यान जाने गरेको पाइएको छ । त्यस्तै, सुनामी आउँदा नरिवलको बोटमा चढ्न नसकेर पनि धेरै महिलाको ज्यान गएको छ । बालबच्चा हराए कि भनेर आफ्नो ज्यान जोखिममा राखी खोज्न अघिसर्दा उनीहरूलाई विपत्तिले सिध्याएको छ ।

_06A0086
महिला भनेपछि यसै पनि हेप्ने पुरुषवादी संस्कार छ हाम्रो समाजमा । यो सोचाइलाई अझै मलजल गरिदिएको छ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले । भूकम्पकै कारण अब धेरै महिला समाजमा तिरष्कृत र अपहेलित हुनुपर्छ । अबका दिन घाइते महिलाका लागि जोखिमपूर्ण देखिन्छ । प्रकृतिले दिएको यो विपत्तिलाई कसैले नकार्न सक्दैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: