भूकम्पपछि वृद्धाहरूको दिनचर्या


प्रकाशित मिति :2015-05-25 12:34:03

साधना विश्वकर्मा

काठमाडौं, जेठ ११। कसैले पनि परिकल्पना नगरेको भूकम्प वैशाख १२ गते आयो । त्यस्तै २९ गते  फेरि दोहोरियो । भूकम्पमा परी देशभरका आठ हजार ६ सय १७ जनाको ज्यान गयो भने करिब २९ हजार सात सय ५० को हाराहारीमा घाइते भए । १९९० सालपछिको दोस्रो ठूलोे भूकम्पले सामान्य स्तरका मानिसलाई भन्दा पनि विशेषगरी वृद्धा तथा बालबालिका अझ बढी मानसिक असरमा छन् ।

भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको सिन्धुुपाल्चोक गथौली र काभ्रेथलीका वृद्धा पनि यतिबेला मानसिक तनावमा देखिन्छन् । भूकम्पले घरबास भत्किएपछि उनीहरूको खानपान र बसाइ व्यवस्थापन नमिल्दा स्वास्थ्य अवस्था बिग्रने डर पनि उत्तिकै छ उनीहरूलाई ।

‘भूकम्प आउँदा घरभित्रै नातिसँग खेलिरहेकी थिएँ । छोराबुहारी काममा गएका थिए । घर थरर्र हल्लिन थाल्यो । मेरो ध्यान सबैभन्दा पहिले नातिमा पर्‍यो । नातिलाई च्यापेर बाहिर निस्किएलगत्तै घर ढल्यो,’ १२ गतेको शक्तिशाली भूकम्पमा परेकी सिन्धुपाल्चोक लथी गाविसकी ७८ वर्षीया विना रानाले आफ्नो अनुभव सुनाइन् ।

DSC02915

१२ गतेको भूकम्पपछि अहिले उनको शरीर शिथिल बन्दै गइरहेको छ । साँझमा कहिल्यै पनि उनलाई राम्रोसँग निद्रा लाग्दैन । वासको टुङ्गो चाँडै लागे आनन्दले सुत्न–बस्न पाइने उनले बताइन् ।

भूकम्पपछि अहिले विनाजस्ता धेरै वृद्धाको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । उनले दुखेसो पोखिन्, ‘एउटै टहरामा धेरै परिवारका सदस्य कोचाकोच भएर सुत्नुपर्छ । रातभरि लामखुट्टेले टोकेर सुत्न दिँदैन । बिहान उठ्दा शरीर दुखेर हिँड्न गाह्रो हुन्छ । सुखदुःख जे–जस्तो भए पनि आफ्नै घरमा आनन्दसाथ बसिरहेका थियौँ । अहिले न खानको ठेगान छ न त बस्नको नै ।’

भूकम्पले गाउँ नै स्वाहा बनाएपछि अहिले उनी त्यहाँका स्थानीयले मिलेर बनाएको टहरामा बस्दै आएकी छिन् । ‘घर भत्किएपछि घरभित्रका लत्ताकपडा, अन्नपात सबै पुरियो । घरबाट निकाल्न मिल्नेजतिले अलिअलि सामान निकालेर ल्याए । अहिले यही टहरामा बस्दै आएका छौँ,’ उनले भनिन् ।

यत्रतत्र छरिएर रहेको सामान । खाने, बस्ने, सुत्ने सबै एकै स्थानमा । काभ्रे लथीकी ७१ वर्षीया हरिमाया खकुरेल त्यही परिवेशमा भेटिइन् स्थानीयले बनाएको टहरामा गहुँ केलाउँदै गरेको अवस्थामा ।

‘सानो भए पनि बस्ने आफ्नो घरवास थियो । त्यही घरवास पनि रहेन अब । अहिले वृद्धावस्थामा आएर यो सास्ती खेप्नुपर्‍यो,’ भूकम्पपछिको आफ्नो तनावपूर्ण गुुजारा सम्झँदै उनले भनिन्, ‘यस्तो अवस्था गुजार्नुभन्दा त बरु भूकम्पसँगै गएको भए पनि हुन्थ्यो । बाँच्नका लागि परिश्रम गर्नैपर्‍यो,’ उनले भनिन् ।

भूकम्पपछि खानपिन र बसाइको व्यवस्थापन नमिलेकाले पनि अहिले स्वास्थ्य अवस्था सन्तुलित नभएको उनले बताइन् ।

कसैले पनि परिकल्पना नगरेको यो विनाशकारी भूकम्पका कारण सामान्य स्थितिका मानिसभन्दा वृद्धा तथा बालबालिका बढी मानसिक तनावमा छन् । यता मनोविश्लेषकहरू भने उनीहरूको बसाइ व्यवस्थापन र खानपान नमिलेकाले अझ बढी तनावमा रहेको बताउँछन् ।

मनोविश्लेषक अनन्त अधिकारी भन्छन्, ‘पूर्वसूचनाबिना एक्कासि आएको भूकम्पले सामान्यस्तरका मानिसलाई भन्दा पनि विशेषगरी वृद्धावस्थाका र बालबालिकालाई बढी प्रभाव पारेको छ । उनीहरूको शारीरिक र मानसिक अवस्था कमजोर भएकाले ती दुवैको असर मानसिक रूपमा पर्न गएको हो ।’

 त्यस्ता मानसिक तनावमा परेका वृद्धा तथा बालबालिकालाई सुरक्षित र पारिवारिक बसाइ व्यवस्थापनमा ध्यान दिनुपर्ने फिजियोलोजिस्ट वासु आचार्यको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: