महिला खवर
ललितपुर, जेठ ११ । सञ्चारिका समूह नेपालले एक महिना (१– ३१ वैशाख २०७२) मा १४ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १५ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ। अनुगमनमा हत्यासम्बन्धी ६१ वटा समाचार सामग्री प्रकाशित भएका छन् । अनुगमनमा खेलकुद र अर्थसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहले आज जारी गरेको विज्ञप्ती उल्लेख छ।
यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंग्रजी दैनिकहरू समेटिएका थिए।
विज्ञप्ति अनुसार महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो। यसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य रहेका थिए ।
वैशाख महिनामा हत्याका ३ वटा घटना भएका थिए र हत्यासम्बन्धी ११ वटा समाचार सामग्री प्रकाशित भएका थिए। अध्ययनले यो एक महिनामा महिलामाथि घरेलु हिंसासँग सम्बन्धित ५ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ। मानव बेचबिखनसम्बन्धी १४ र परम्परागत र धार्मिक हिंसासम्बन्धी १ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ। त्यस्तै यौन दुर्व्यवहारका ४ वटा घटना र १० वटा समाचार सामग्री प्रकाशित भएका थिए।
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए। पहिलो पृष्ठमा १५ र दोस्रो पृष्ठमा १३ वटा समाचार छापिएका थिए। सबैभन्दा बढी समाचार (३३ वटा) पाँचौं पृष्ठमा छापिएका थिए। महिला हिंसासम्बन्धी समाचारलाई सन्ताेषजनक स्थान दिइएको थियो। महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (५), पीडक उल्लेेख नभएका (१४), छिमेकी (३) र अन्य (१२) भएको देखाएको छ। सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ४, फोटो समाचार २, लेेख २४, सफ्ट न्यूज ३६ तथा हार्ड न्यूज १४२ वटा प्रकाशित थिए। प्रकाशित समाचारमध्ये हार्ड न्यूज १२, सफ्ट न्यूज २२ र ९ वटा लेेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो।
वैशाख १२ को बिनाशकारी भूकम्प र त्यसपछि लगातार रुपमा आएका पराकम्पहरूले गर्दा यो महिना महिला हिंसासम्बन्धि समाचार निकै कम प्रकाशित भएकाे समूहले जनाएकाे छ । यद्यपी ती सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखेको पाइएको छ। तर, यस्ता समाचारको ‘फलोअप’ भने कम प्रकाशित भएको पाइयो। यो महिना बलात्कारका १ र अन्यका १ वटा घटनामा ‘फलोअप’ समाचार प्रकाशित भएको देखिन्छ। ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (१२) पाइएको छ र समाचार साम्रगीमा पीडित वा पीडक कसकाे तस्बिर राख्ने भन्नेमा यस अघि झै स्पष्ट नीतिको अभाव नै देखिन्छ’ विज्ञप्तमा भनिएकाे छ। जस्तो कि यस महिना पीडितका १० वटा तस्बिर छापिएकोमा पीडकको जम्मा १ वटा मात्रै तस्बिर छापिएको थियो।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ?0 ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन्? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन्? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको समूहका काेषाध्यक्ष विमला तुम्खेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Comment Here!