एजेन्सी, जेठ ११ । इजिप्टको सेनाले सरकारविरुद्ध कार्यक्रम गर्ने महिलामाथि बलात्कार र यौन हिंसा गर्ने गरेको मानव अधिकार सम्बन्धि अर्न्तराष्ट्रिय महासंघले जनाएको छ।महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारविरोधी कार्यक्रम गर्नेहरूविरुद्ध सरकारी सेनाले बलात्कार गर्ने गरेको उल्लेख छ।
सन् २०१३ मा ईजिप्टमा सैनिक शासन को शुरुवातसँगै महिलामाथिको यौनहिंसा बढेको प्रतिवेदनमा जनाइएको छ।
हुन त ईजिप्टमा यौन हिंसा नयाँ कुरा होइन् तर प्रतिवेदनका अनुसार २०१३ पछि सरकारी सेनाले आफ्नो शासनविरुद्ध काम गर्ने गैह्रसरकारी संस्थाका प्रतिनिधि र आन्दोलनकारीविरुद्ध यौन हिंसा गर्ने गरेको पाईएको छ।
मानव अधिकार सम्बन्धि अर्न्तराष्ट्रिय महासंघका अध्यक्ष करीम लहिदजीका अनुसार ‘जेल र हिरासतमा राखिएका बेला महिलालाई बलात्कार र यौन हिंसा गरिन्छ, राज्यले आफ्नो रणनीति अनुसार नागरिक समाज र सरकारविरोधीहरूको आवाज दवाउन यस्तो कार्यनीति अपनाएकाले देशमा दण्डहिनता बढिरहेको छ।’
महिला अधिकारबादीलाई दबाउन २०१३ मा मोबाइलबाट समेत यौन र्दुव्यवहार गरिएको भन्दै अर्न्तराष्ट्रिय समुदायले पनि निन्दा गरेको थियो।
Comment Here!