महिला खबर
नेपालगन्ज, जेठ ११ । दलित महिला संघ जिल्ला बाँकेले राजनीतिक दलमा कम्तीमा ८ प्रतिशत दलित महिला सहभागिताको माग गरेको छ। पार्टीमा ३३ प्रतिशत महिला सहभागिता मध्ये कम्तीमा ८ प्रतिशत हुनुपर्ने अधिकारकर्मीहरूले माग गरेका छन्।
माग पूरा गराउन दलित महिला संघ बाँकेले राजनीतिक पार्टीसँग छलफल गरेका छन्। जिल्लादेखि गाविसस्तरसम्मका राजनीतिक पार्टीको संरचनामा दलित महिलाको सहभागिताका बारेमा छलफल गरिरहेको दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले बताउनुभयो।
दलित महिलाको सहभागिता बढाउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘३३ प्रतिशत महिलामध्ये कम्तीमा ८ प्रतिशत दलित महिलाको सहभागिता हुनुपर्छ।’
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक बाँकेसँगको छलफलमा उक्त पार्टीका जिल्ला अध्यक्ष हिरालाल लोनियाले समावेशी सहभागितालाई ध्यानमा राखेको बताउनुभयो। पार्टीमा सहभागिताको कुनै प्रतिशत नतोकिएपनि स्पष्ट सहभागिता रहेको उहाँले बताउनुभयो। १७ सदस्यीय जिल्ला कार्यसमितिमा ६ जना महिलाको सहभागिता रहेको र त्यसमा ३ जना मधेशी महिला रहेको उहाँले जानकारी दिनुभयो।
राजनीतिक दलमा कम्तीमा ८ प्रतिशत दलित महिलाको सहभागिता गराउन जिल्लास्थित सबै राजनीतिक दलमा छलफल र दवावलाई निरन्तरता दिईने दलित महिला संघ बा“केकी अध्यक्ष निर्मला सुनारले बताउनुभयो।
Comment Here!