हिंसामुक्त गाविस बनाउने अभियान


प्रकाशित मिति :2015-05-26 12:08:22

महिला खवर

चितवन, जेठ १२। लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि चितवन दिव्यनगर गाविसका हिंसा प्रभावित क्षेत्रको तथ्याङ्क संकलन गर्न शुरु गरिएको छ। यो गाविसलाई महिला हिंसामुक्त गाविस घोषणा गर्न ३ वर्षको कार्ययोजना बनेको गाविस सचिव गोपीचन्द्र दवाडीले जानकारी दिनुभयो।

दिव्यनगरमा एक वर्षदेखि हिंसामुक्त नमुना गाविस बनाउने उद्देश्यले काम गर्दै आएको उहाँले बताउनुभयो।महिलामाथि आफ्ना परिवारका पुरुषले गर्ने व्यवहार बुझेर प्रश्नावली तयार गरी अनुसन्धान भइरहेको सामुदायिक महिला विकास केन्द्रका कार्यक्रम संयोजक कृष्ण पन्तले जानकारी दिनुभयो।

महिला हिंसाविरुद्ध पुरुष सहभागिता सहितको यो अभियानलाई प्रभावकारी बनाउन जनचेतनामुलक कार्यक्रम, पत्रकारसँग अन्तरक्रिया र संदेशमूलक होर्डिङ्ग बोर्ड राख्ने तीन वर्षे योजना बनेको गाविस सचिव गोपीचन्द्र दवाडीले जानकारी दिनुभयो।यो गाविसले एकवर्षको कार्ययोजना अनुसार हिंसामुक्त समन्वय समिति गठन गरि समितिहरुलाई अभिमुखिकरण तालिम दिइसकेको छ।

जिल्ला विकास समिति, महिला तथा बालवालिका कार्यालय,केएर नेपाल, कालिका सामुदायिक महिला विकास केन्द्र, र गाउँ विकास समितिको संयुक्त सहकार्यमा यो गाविसलाई हिंसामुक्त गाविस बनाउन लागिएको कार्यक्रम संयोजक कृष्ण पन्तले जानकारी दिनुभयो।

यो अभियानमा सबै राजनीतिक पार्टी, स्थानीय वुद्धिजिवी, स्वास्थयकर्मी र मनोसामाजिक सहयोग समिति समेत सहभागी छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: